अर्को दशैँमा फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ आउने

81

असोज १३,
काठमाडौं । चलचित्र ‘छड्के’ को सिक्वेल ‘छड्के २’ निर्माण हुने भएको छ । ६ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘छड्के’ को नाम सापटी लिएर फिल्म निर्माण गर्न लागिएको हो । यो फिल्म हलमा व्यावसायिक रुपमा असफल भएको थियो । यद्यपि फिल्मले रिलिजअघि चर्चा भने कमाएको थियो ।फिल्मका निर्माता विक्रम सिंह थारुले यो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुने भन्दै पोस्टर सार्वजनिक गरेका छन् । तथापि फिल्मका बारेमा अन्य जानकारी भने दिइएको छैन ।

पहिलो भागमा सौगात मल्ल, रविन तामाङ, नम्रता श्रेष्ठ, विपिन कार्की लगायतका कलाकारको शीर्ष भूमिका थियो । समाचारका अनुसार यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् भने नेगेटिभ बुद्ध र रस ताण्डवको ब्यानरमा फिल्म निर्माण हुनेछ ।