‘छपाक’ले दिएन् दीपिकालाई सफलता

152

माघ ७,
एजेन्सी । भारतिय अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म छपाक १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२।४८ करोड भारु पुगेको छ । यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । फिल्मले शुक्रबार ९५ लाख, शनिबार १।४० करोड र आइतबार १।७५ करोड भारु सहित अहिलेसम्म कूल ३२।४८ करोडको व्यापार गरेको छ ।

दीपिकाको सबैभन्दा फ्लप फिल्ममध्येको एकः
छपाक फिल्म दीपिका पादुकोणको करियरको सबैभन्दा फ्लप फिल्ममध्येको एक भयो । सन् २०१५ मा रिलिज भएको तमाशापछि छपाक उनको करियरको दोस्रो फ्लप फिल्म रह्यो । सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । यतिमात्रै होइन दीपिका यो फिल्मकी सह–निर्माता थिइन् र उनले यसमा १२ करोड लगानी गरेकी थिइन् जसमा उनलाई घाटा लाग्यो । दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा फिल्ममा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भए ।