काठमाडौं आउँदै गरेको सुमो भीमफेदीमा खस्दा एक शिशुसहित ३ जनाको मृत्यु

95

भदौ २०,
काठमाडौं । प्रदेश नम्बर -३ को मकवानपुरस्थित भीमफेदीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना यात्रु घाइते छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहका अनुसार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर -६ चियानडाँडाँमा दुर्घटना भएको हो।

शुक्रबार दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनीको मृत्यु भएको हो। आठ जना घाइतेको हेटौंडास्थित अस्पतालमा उपचार भइराखेको उनले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।