रानीकोटको डाडाँबाट उड्यो प्याराग्लाईडिङ

150

फागुन १२,
भक्तपुर । भक्तपुरमा स्वदेशी तथा बाह्य पर्यटहरु माझ लोकप्रिय प्याराग्लाईडिङको परिक्षण उडान शनिबार सफल भएको छ ।
शनिवार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ८ वटा टेष्ट फ्लाइट (परिक्षण उडान) गरिएको गुण्डु ईन्टरनेशनल प्याराग्लाईडिङ प्रालिका अध्यक्ष निर्भयबाबु प्रसाईले जानकारी दिएका छन् । परिक्षण सफल भएसंगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईले बताए । रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाईडिङ गुण्डुमा उतारिएको थियो । रानीकोटबाट प्याराग्लाईडिङ गर्दा भक्तपुरको रमणिय दृश्यका साथै पाइलबाट आश्रम, डोलेश्वर महादेव, अन्नतलिङ्गेश्वर, हिमालको मनोरम दृश्यालोकलन गर्न सकिन्छ । जिल्लामा पर्यटन पवद्र्धन गर्ने उदेश्यले भक्तपुरमा प्याराग्लाईडिङ शुरु हुने भएको छ । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केहि समयअघि गुण्डु ईन्टरनेस्नल प्याराग्लाईडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो । परिक्षण उडान सफल भएपछि व्यवसायीक उडानका लागि आवश्यक प्रक्रिया पुरा गरिने कम्पनिले जनाएको छ ।
प्याराग्लाईडिङको परिक्षण उडानले भक्तपुरको पर्यटन विकाशमा ठुलो टेवा पुग्ने सांसद महेश बस्नेतले बताएका छन् । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ । त्यसै अनुसार देशका विभिन्न स्थानमा पर्यटकहरुको मनोरञ्जन र बसाई लम्बाउन विभिन्न गतीविधी र पूर्वाधहरु तयार हुदैं छन् ।