एमबीबीएस प्रवेश परीक्षा स्थगित गर्न सर्वोच्चको अन्तरिम आदेश

111

भदौ २०,
काठमाडौं । सर्वोच्च अदालतले भोलिका लागि तय भएको एमबीबीएस प्रवेश परीक्षा स्थगित गर्न अन्तरिम आदेश दिएको छ । चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट आयुष ओझाले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भोलिका लागि तय भएको एमबीबीएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको हो।

ओझाले साझा प्रवेश परीक्षा हुनुपर्ने, ७५ प्रतिशत छात्रवृत्तीको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै रिट दायर गरेका थिए ।m त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका लागि भोलि र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अलग्गै दिन परीक्षा गर्ने तय भएको थियो ।