मेरो अहिल्यै पुत्ला दहन गर्ने बेला भएको छैन : योगेश भट्टराई

203

भदौ २०,
काठमाडौं । छन्दमा कविता लेख्दै आएका कविद्धयहरुको प्रयाशमा स्थापित ‘छन्द तरंग’ अभियानले एक वर्ष पार गरेको छ । छन्द तरंगले वर्ष पुरा गरेको अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा रमेश खकुरेललाई २५ हजार रुपैंयाको छन्द साधान पुरस्कार प्रदान गरियो ।

छन्द साधना पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनामा सहयोग गर्ने सीता भट्टराई र कृष्ण सुवेदी भारद्धाजलाई अक्षयकोष पुरस्कार प्रदान गरियो ।
समारोहका प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफुले पाउने एक महिनाको तलववाट कर र पार्टीलाई दिनुपर्ने लेबी कटाएर बाँकी रहेको लगभग ५० हजार रुपैंया अक्षयकोषका लागि दिने घोषणा गरे ।

उनले लगभग ५० हजार दिने घोषणा गरे लगत्तै छेउकै रहेका कबयत्रीले भनिन् ‘अलि थोरै भयो कि केही बढी दिने हो कि रु’ मन्त्री भट्टराईले कबयत्रीलाई जवाफ दिँदै भने ‘त्यो भन्दा बढी दिने घोषणा गरेँ भने मैले अन्तैवाट ल्याएर दिनुपर्छ । मैले त्यसो गरेँ भने तपाईहरुले मेरो सम्मान होइन पुत्ला दोहन गर्नु हुन्छ । मेरो पुत्ला दोहन गर्ने बेला भएको छैन ।’

मन्त्री भएको केही दिनमै रामप्रसाद ज्ञवाली, डा। देवी नेपाल र घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले आजको कार्यक्रमको निम्तो दिएको स्मरण गर्दै मन्त्री भट्टराईले भने ‘विकासका लागि भन्दै रिबन काट्दै हिँड्ने बानी परेको मलाई कार्यक्रममा आउने कि नआउने द्धिविधा भयो ।’ छन्दका हस्तीहरुको विचमा बस्दा सा(है मज्जा लागेको अनुभुति सुनाउदै उनले भने ‘वास्तविक सिर्जना हुने थलो यो रहेछ आज यो कार्यक्रममा सहभागी भएर महत्वपूर्ण उपलब्धि हाँसिल गरें ।’