Saturday, October 3, 2026
Home पर्यटन अमेरिका पुगरे चाँगुनारायणमा पर्यटन प्रर्वद्धन गर्न यस्तो सहमति गरे नगरप्रमुख मिश्रले

अमेरिका पुगरे चाँगुनारायणमा पर्यटन प्रर्वद्धन गर्न यस्तो सहमति गरे नगरप्रमुख मिश्रले

91

पुस २१,
काठमाडौं । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका केही नेपाली व्यवसायीहरुले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्यटन पर्वद्धन गर्न सहयो गर्ने भएका छ । चाँगुनगर क्षेत्रमा त्यही किसिमको पर्यटन प्रबर्धन गर्ने हस्पिटालिटी” स्थापना गर्न संभाब्यता अध्ययन गर्नको लागि अमेरिकीका लागि नेपालका राजदूत डाक्टर अर्जुन कार्कीको रोहबरमा एमओयूमा दुइ पक्ष बीच हस्तक्षर भएको छ । जसमा हस्पिटालिटीका तर्फबाट राधेश पण्डित तथा चाँँगुनगरपालिकाको तर्फबाट मेयर सोम प्रसाद मिश्रले हस्ताक्षर गरेका छन् । अमेरिकाको आहोवामा बस्दै आएका पण्डित , महेन्द्र बस्नेत , पुरूषोत्तम बोहरा लगायतको समुहले काठमाण्डौ उपत्यका नजिक रहेको चाँगुनारायणमा पर्यटन विकाशका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उक्त कार्यक्रममा मेयर मिश्रले मायाको चिनो भादगाउले टोपी खादा तथा नेपालको झण्डा सहितको पिन समेत प्रदान गरेका थिए ।