होमस्टे एशोसिएसन नेपालको ज्ञापनपत्रः पर्यटक भिसामा विदेश जाने नेपालीलाई कर लगाउन आग्रह

223

भदौं १४,
काठमाडौं । होमस्टे एशोसिएसन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष केशव प्रसाद बडालको नेतृत्वमा मन्त्रालय पुगेको टालीले शुक्रबार विभिन्न १५ बुदेँ माग राख्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष बडाले नयाँ नेपाल न्यूजलाई जानकारी दिए ।

                                               ज्ञापनपत्र: 

 

माननीय मन्त्री ज्यू,                                               मिति: २०७६ भाद्र १३ गते
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, काठमाण्डौं ।

                   विषय :  ज्ञापन पत्र सम्बन्धमा

नेपाल सरकारले “समृद्ध नेपाल सुखी नेपाली” को अवधारणलाई अगाडी सारेको छ । यस अवधारणलाई साकार रुप दिन पर्यटन क्षेत्रकोयोगदान मेरुदण्डको रुपमा रहन्छ । यसै पर्यटन क्षेत्रको विकास, प्रर्वद्धन, संरक्षण र विस्तारको कार्यलाई मुर्तरुप दिने अभियानमा नेपालसरकार,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा माननीय ज्यूलाई मूल नेतृत्वमा पाउँदा हामिले गौरवान्वित महसुस गरेकाछौ । हामी यहाँलाई हार्दिक बधाई सहित यहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ । नेपालको पर्यटन क्षेत्रको विकासको प्रारम्भ होमस्टेबाटै भएको पाइन्छ । तर राज्यले निकै पछि सन् २०११ मा नेपाल पर्यटन वर्षको अवसरमामात्र कानुनी र संस्थागत रुपमा केही नजर पु¥याएको देखिन्छ । 

छोटो अवधी, अस्पष्ट नीति, झन्झटिलो दर्ता र नविकरण, अनुगमनसंयन्त्रको अभाव, तालिम, नीति तथा कार्यक्रम सबैको अभाव, नीजि क्षेत्र र राज्यको वेवास्ताको विच पनि हालसम्म १४८ नीजि र ४४५सामुदायिक गरी ५९३ वटा संस्थागत होमस्टेहरु दर्ता भई संचालनमा रहेका छन् । नेपालमा भौगोलिक हिसाबले पछाडी परेका, आयस्रोतकाहिसावले सिमान्तकृत, प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक स्रोत सम्पदाको संरक्षकसम्म पर्यटनलाई जोड्न सक्ने एक मात्रपर्यटकीय क्षेत्र होमस्टे हो । महिला शसक्तिकरण, शिक्षा, स्वास्थ्य, सरसफाई, वातावरण संरक्षण, गरिवी निवारण, स्वरोजगारको र्सिजना, संस्कृतिको संरक्षण जस्ता अभियानलाई एकिकृत रुपमा एउटै होमस्टे कार्यक्रम मार्फत सफल बनाउन सकिन्छ । यसै कुरालाई मध्यनजरगर्दै होमस्टे एशोसिएसन नेपाल ज्इक्ब्ल् ले आफ्ना गतिविधीहरु गर्दै आईरहेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा प्रथम होमस्टे कार्यशाला गोष्ठी(कपन, २०६७) र दोश्रो होमस्टे कार्यशाला गोष्ठी (पोखरा, २०७०) को पहल स्वरुप देशभर दर्ता भएका होमस्टेहरुका करिब २०० जनाप्रतिनिधिहरुको भेलाबाट मिति २०७० असार २९ र ३० गते पोखरामा यस होमस्टे (घरबास) एशोसिएसन नेपालको तर्दथ कमिटि गठन भएकोथियो । हाल होसानले आफ्नो दोश्रो राष्ट्रिय सम्मेलन समेत सम्पन्न गरिसकेको छ । देशभरका होमस्टेहरुको सेवाको गुणस्तरीतामा वृद्धि, एकरुपता, प्रवद्र्धन, विकास, बजारीकरण एवम् हक हितका कार्यक्रम सञ्चालन गर्दै नेपालको ग्रामीण तथा सहरी पर्यटन विकास गर्ने यसएशोसिएसनको उद्देश्य रहेको छ । जसको माध्यमबाट पर्यटन व्यवसायलाई सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, साँस्कृतिकप्राकृतिक सम्पदाको संरक्षण गर्न, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु

संरक्षण गर्न र दिगो जीविकोपार्जन गर्न लगायत सम्पूर्ण देशकै विकास गर्न होमस्टे कार्यक्रमले नेपालका लागि महत्वपूर्ण भूमिका निर्वाहगर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । यस विश्वासलाई साकार रुप दिन होमस्टे (घरबास) एशोसिएसन नेपालले आगामि दिनमा आफ्नामहत्तपूर्ण योजनाहरु संचालन गर्दै नेपालको होमस्टे कार्यक्रमलाई प्रभाबकारी र गुणस्तरीय ढङ्गले तिब्र विकास गर्ने उद्देश्य लिएको छ यसर्थ नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफलतापूर्वक सम्पन्न गर्न तथा समग्र ग्रामिण पर्यटनलाई व्यवस्थित गर्दै दिगोपर्यटन विकासलाई साकार रुप दिन होमस्टे एशोसिएसन नेपाल ज्इक्ब्ल् माननीय ज्यू समक्ष निम्न मागहरु राख्दछ ।

 

१. नेपालमा पर्यटन पूर्वाधारका क्षेत्रमा कार्य गर्न पर्यटन पूर्वाधार विकास प्रधिकरण गठन गर्नुपर्ने ।

२. नेपाल पर्यटन बोर्डको हाल भैरहेको सम्पूर्ण संरचनालाई अन्र्तराष्ट्रिय पर्यटन प्रर्वद्धनमा केन्द्रित   गराउनुपर्ने ।

३. तारा गाँउ विकास समितिलाई ग्रामिण पर्यटन प्रर्वद्धन बोर्ड को रुपमा विकास गनुपर्ने ।

४. सबै प्रदेशमा होमस्टे प्रर्वद्धनका लागि उचित बजेटको विनियोजन गर्नुपर्ने ।

५. प्रदेश स्तरीय होमस्टे संचालन कार्यविधि छिटो भन्दा छिटो बन्नुपर्ने ।

६. नेपाल सरकारले दिदै आएको बिदा पर्यटन  होमस्टेमा खर्च गर्नुपर्ने ।

७. महिनाको १ दिन होमस्टेमा मन्त्री भ्रमण कार्यक्रम संचालन गर्नुपर्ने ।

८. पर्यटक भिसाबाट देशबाहिर जाने प्रत्येक नेपालीबाट प्रति व्यक्ति पर्यटन सेवा शुल्क लिई सो उठेको आम्दानि नेपालको ग्रामिण पर्यटनप्रर्वद्धनको क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्थाको सुरुवात गर्नुपर्ने ।

९. नेपालको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी प्रर्वद्धनात्मक कार्य अगाडी बढाउनुपर्ने ।

१०. नेपाल पर्यटन बोर्ड, तारा गाँउ विकास समिति, पर्यटन पूर्वाधार विकास प्रधिकरण र ग्रामिण पर्यटन प्रर्वद्धन बोर्डमा होमस्टे एशोसिएसननेपाल ज्इक्ब्ल् लाई पदेन सदस्यको कानुनी व्यवस्था हुनुपर्ने ।

११. प्रत्येक प्रदेशमा १÷१ वटा नमुना सांस्कृतिक संग्रहालय स्थापना गर्नुपर्ने ।

१२. प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समितिमा होमस्टेको प्रतिनिधि अनिवार्य रहनुपर्ने ।

१३. प्रदेशस्तरीय होमस्टे प्रर्वद्धन विकास समितिको स्थापना गर्नुपर्ने ।

१४. केन्द्रमा ग्रामिण पर्यटन सुचना केन्द्रको स्थापना गर्नुपर्ने ।

१५. होमस्टेहरुको अनुगमन, निरिक्षण, दण्ड सजाय, प्रोत्साहन तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने । 

 

 

 

केशव प्रसाद बडाल

(अध्यक्ष)

होमस्टे एशोसिएसन नेपाल