Saturday, September 19, 2026
Home समाचार आजै किन राखियो जमरा ? (भिडियो सहित )

आजै किन राखियो जमरा ? (भिडियो सहित )

467

भदौं १४,
काठमाडौं । पर्व तथा समय अनुसार सुधारिएको पात्रो बमोजिम आज राजधानी लगाएत मुलुकका विभिन्न ठाउँमा आज घट्स्थापना गरिएको छ। पर्व समय सुधार राष्ट्रिय समाज ,नेपालको काठमाडौ शाखाले पनि आज (शनिवार) बिधिपुर्वक घट्स्थापना अर्थात जमरा राखेको छ । समाजका अध्यक्ष महेश्वर जुजु राजोपाध्यायको प्रमुख आथित्यतामा भएको कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले उक्त कार्यको कर्ताको रूपमा बिधिपुर्वक जमरा राख्नुभएको थियोे ।

काठमाडौ शाखा अध्यक्ष भगवती न्यौपानेको संयोजनमा सम्पन्न कार्यक्रम समाजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेकोे थियो । समाजका कार्यवाहक अध्यक्ष न्यौपानेले यहि भाद्र २२ गते मुलुकका विभिन्न ठाउँमा समाजको आयोजनामा सामुहिक टीका लगाउने कार्यक्रम रहने जानकारी दिनुभयो । भदौमै कसरी दशैं भन्ने प्रस्नमा कार्यवाहक अध्यक्ष न्यौपानेले भनुभयो ‘साबिक भदौ महिना भएपनी सुधारिएको पात्रो अनुसार यो असोज महिना हो ।’