Friday, September 18, 2026
Home मनोरन्जन प्रभासको फिल्म “साहो” इन्टरनेटमा लिक भयो (भिडियो सहित)

प्रभासको फिल्म “साहो” इन्टरनेटमा लिक भयो (भिडियो सहित)

289

भदौं १४,
एजेन्सी । भारतीय चलचित्र बाहुबलीका नायक प्रभासको अभिनय रहेको प्रतिक्षित चलचचित्र साहो रिलिज भएकै दिन लिक भएको छ । ३५० करोड भारू भन्दा धेरै लगानीमा निर्माण भएको प्रभास स्टारर साहो रिलिज भएको केहि घण्टामा नै इन्टरनेटमा लिक भएको छ। यो फिल्म टोरेन्ट साइट तमिल रकर्सले यसलाई लिक गरेको हो। यो साइटले यसअघि पनि धेरै फिल्महरुलाई रिलिजकै दिनमा लिक गर्दै आएको थियो। यसअघि यस साइटले जजमेन्टल है क्या पेटा गली व्वाय ठग्स अफ हिन्दोस्तान आदि सिनेमालाई लिक गरेको थियो।भारत सरकारले यो साइटलाई प्रतिबन्धित गरेपनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ।

 

साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन्। यसरी लिक हुँदा सिनेमालाई करोडौंको घाटा हुने गरेको छ। प्रभासको मूख्य भूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर चंकी पाण्डे ज्याकी श्राफ नील नितिन मुकेश मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ। सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्। प्रभास श्रद्धा कपुर स्टारर फिल्म साहो देशै भर प्रर्दशन भए सगै नेपालमा पनि अहिले यो फिल्म हलहरुमा प्रर्दशन भैरहेको छ ।