Saturday, October 3, 2026
Home अर्थ स्विस बैंकमा नेपालीको ५३ अर्ब खोज्दैछौं : अर्थमन्त्री खतिवडा

स्विस बैंकमा नेपालीको ५३ अर्ब खोज्दैछौं : अर्थमन्त्री खतिवडा

156

भदौ ५,
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रालयसँग जोडिएका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्विस बैंकसहितका ट्याक्स हेभन मुलुकमा नेपालीले लुकाएका पैसा खोजिरहेको बताएका हुन्। एकजना सांसदले स्विस बैंकमा रहेको नेपालीको ५३ अर्ब के हुन्छरु भनेर खतिवडालाई सोधेका थिए ।

‘नेपालीहरुको नामसँग मिल्दाजुल्दा नामबाट पैसा राखिएका छन्। ट्याक्स हेभन क्षेत्र र नियमनको खुकुलोपन भएका क्षेत्रमा नेपालीका बैंक खाता छन्’, उनले भने, ‘गैरआवासीय नेपाली, नेपाली र नाम मिलेका विदेशीको पनि रकम हुन सक्छ।’ मन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशमा लगानी गर्न पाइने बताउँदै नेपाल सरकारले नेपालीको खाताहरुको खोजी गरिरहेको बताए।