Saturday, November 14, 2026
Home समाचार छठ पर्व सुरु ‘आज खरना’

छठ पर्व सुरु ‘आज खरना’

2

काठमाडौं । मधेस प्रदेशमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज ‘खरना’ विधिको तयारीमा छन् । यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार ब्रतालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन् । पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले त्यही खीर खाने विधि पूरा गरिने छ । यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठेकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउने गरिन्छ । अर्घ दिने पूजा सामग्रीमा ठेकुवा, भुसुवासहितका मिष्टान्न परिकार रहन्छन् । यी परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ ।