प्रदेशको २ को राजधानी जनकपुरधाम र नाम ‘मिथिला भोजपुरा’ राख्न कांग्रेसको प्रस्ताव

268

भदौ ५,
जनकपुरधाम । नेपाली कांग्रेसले २ नम्बर प्रदेशको नाम मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेसले नाम र राजधानीबारे प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ ।

प्रस्ताव अनुसार प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र राख्न प्रस्ताव गरिएको कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहले बताए ।

प्रदेश सभामा १०७ सांसदमध्ये कांग्रेसका १९ सांसद छन् । यसअघि राजपा र नेकपाले राजधानी मिथिला माध्यमिकी परिक्रमा क्षेत्रमा राख्न सकिने प्रस्ताव गरेका छन् । नामको सन्दर्भमा राजपाले मधेश र नेकपाले जानकी प्रस्ताव गरेका छन् ।