Monday, September 28, 2026
Home राजनीति ‘सरकार के भ्रष्टाचार गर्नका लागि मात्र हो ?’

‘सरकार के भ्रष्टाचार गर्नका लागि मात्र हो ?’

80

साउन २६,
काठमाडौं ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहले आक्रोस पोखेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले शुक्रबार सर्लाहीको मलंगवाबाट आएको रात्रीबस बेनीघाटमा बस दुर्घटना हुँदा २५ जना बढी हराएको विषय उठाउदै सरकारले खोज र उद्धार गर्न नसकेको बताएका हुन् ।

उनले सरकारप्रति कटाक्ष गर्दै भने–‘यो देशमा सरकार छ कि छैन, सरकारले जनताको जिउ धनको सुरक्षा गर्न खोजेको हो कि हैन रु सरकार के भष्ट्रचार गर्नका लागि मात्र हो रु सडकमा सुरक्षा, रात्रीबसमा दुईजना चालक राख्ने कुरामा सरकार अहिले पनि गम्भीर हुन सकेको छैन । त्यो घटनामा परेको, वेपत्ता भएको व्यक्तिको शव निकाल्ने काम हुन सकेको छैन रु’उनले दुर्घटनामा परेकाहरुको खोजविन गर्न आग्रह गरे ।