‘प्रधानमन्त्री तास खेलेर बस्ने ? ‘

269

फागुन ३०,
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरे । उनले तारा गाउँ, वाइडवडी, न्यारोवडीलगायतमा आर्थिक अनियमितताका कयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताए ।

उनले भने, ‘तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाईडवडीमा त देखा देखी बद्मासी छ । त्यो भइसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने , कारवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । -Ratoapti