सडक जामले कोटेश्वर पूर्वका बासिन्दा हैरान तस्विरमा हेरौं

168

साउन २६,
भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको पुरानो बसपार्क पुग्न सार्वजनिक यातायातमा कति समय लाग्ला ?
सहजै उत्तर दिने हो भने २० मिनेट । तर त्यो उत्तर गलत हो । किनभने सार्वजनिक यातायात चढेर जो कोहीलाई पनि करिब १४ किलोमिटर लम्बाईको त्यो सडकखण्ड पार गर्न २ घण्टा बसमा बस्नु पर्ने बाध्य छ । जापान सरकारले केही समय अगाडी बनाईदिएको सर्भिस लेन सहित ६ लेनको कोटेश्वर भक्तपुर सडकखण्ड अहिले दैनिक जसो ट्रफिक जामको कारणले सर्वसाधरण मर्कामा छन् । ललितपुरबाट आउने, गैरीगाउँबाट आउने, भक्तपुर र काडाँघारीबाट जाने सबै सवारी साधनहरु कोटश्वर चोक हुदैं बानेश्वर, सिनामंगल तर्फ जाने गर्दछन् ।

तर सो क्रममा कार्यालय समयमा त निकै सकस हुने गरेको भक्तपुरका स्थानीयहरु बताउँछन् । पूर्वबाट सिन्धुली हुदैं आउने सवारी साधनका कारणले अरनिको राजमार्गको यो खण्डमा सवारी साधनको चाप हुने गर्दछ ।
प्रदेश नम्बर १ र २ लाई देशको राजधानी छिर्ने छोटो दूरीको यो सडक ३ नम्बर प्रदेशको काभ्रे, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोकको समेत प्रवेश मार्ग हो । महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार दैनीक १० हजार सवारी साधनले यो सडकमा ओहोर दोहोर गर्दछन् । दुर्घटना अत्यधीक भएको भन्दै भक्तपुर प्रहरीले प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्र सवारी चलाउन पाउने नियम लागू गरेको छ ।
ट्रिपर/ट्रकलाई समेत कार्यालय समयमा निधेष गरेको भएपनि सवारी जाममा भने कमी आएको देखिदैन् ।
बिहान र साँझको समयमा हुने सवारी जामका कारणले कहिलेकाहीँ त एम्बुलेन्स समेत जाममा पर्ने हुदाँ बिरामीको उपचारमा कठिनाई मात्र होइन ज्यान नजाला भन्न सकिदैंन् ।