यसरी हुदैँ छ उपराष्ट्रपति निर्वाचनको मतगणना (तस्बिरसहित)

15

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वस्थित संसद भवनमा मतगणना सुरु भएको हो। निर्वाचनको मतपरिणाम केहीबेरमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ।

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन्। निर्वाचनमा संघीय संसदका ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा संघका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहन्छ।