धनुषले गरे ‘द ग्रे मेन’ को सिक्वेल घोषणा

66

मुम्बई । अभिनेता धनुषले नेटफ्लिक्स हिट ‘द ग्रे मेन’को सिक्वेलमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका छन् । उनले एन्थनी र जो रुसोद्वारा निर्देशित एक्सन ड्रामाका साथ हलिउडमा आफ्नो यात्रा सुरुवात गरे । जसको गत २२ जुलाईमा नेटफ्क्लिसमा प्रिमियर भएको थियो ।

धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरका छन् । जहाँ उनी हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सालई चेतावनी दिइरहेको सुन्न सकिन्छ ।

‘सिक्स, म लोन वुल्फ बोलिरहेको छु । मैले सुनें कि हामी दुवैले एकै मानिसको खोजी गरिरहेका छौं । म तिमीलाई केही सल्लाह दिन चाहन्छु । उसलाई खोज्न बन्द गर । तिमी आफ्नो समय बर्बाद गरिरहेका छौ । किनकि यदि मैले उसलाई पहिला खोजें भने तिम्रो लागि केही बच्दैन । तर यदि तिमी उसलाई पहिला भेट्यौ भने म तिमीलाई खोज्नेछु । यसमा कुनै निजी छैन,’ उनले भनेका छन् ।

अडियो क्लिप सेयर गर्दै धनुषले ‘ग्रे मेन युनिभर्सको विस्तार हुँदैछ र सिक्वेल आउँदैछ । लोन वुल्फ तयार छ । हैन त’ भन्दै लेखेका छन् । हलिउड फिल्म ‘द ग्रे मेन’ सन् २००९ मा रिलिज राइटर मार्क ग्रेनीको उपन्यासमा आधारित छ । फिल्ममा धनुषका अलावा गोस्लिङ, इवान्स, एना डे अर्मास, रेगे जीन पेज र जेसिका हेनविक प्रमुख भूमिकामा छन् ।