भक्तपुरका पत्रकार बल्ललाई मातृशोक

205

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष तथा सक्रिय पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको बुधबार ६६ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । बुधबार दिउँस एक्कासी स्वास्थ्यमा समस्या आएपछि पत्रकार बल्लकी आमालाई उपचारकोलागि मनमोहन अस्पताल लगिएको थियो । सोही दिननै उहाँको निधन भएको पत्रकार बल्ले बताउनु भयो ।