नेप्से ५ अंकले बढ्दा ३६ करोड बराबरको कारोबार

57

साउन ७,
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५ अंकले बढेर १,२७७.१७ को बिन्दुमा कायम भएको छ । होटल, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३८ अंकले बढेको छ । दिनभरिमा १ सय ६९ वटा कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता शेयर ५ हजार ५ सय १ पटक खरिदविक्री हुँदा ३६ करोड ८९ लाख ८० हजार ८ सय ६० रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै कृषि विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंकको घ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, सिवम् सिमेन्ट, नबिल बैंक र अपर तामाकोशीको १ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै महिला सहयात्रा माइक्रोफाइनान्स र स्वदेशी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ७ प्रतिशतका दरले कमाएका छन् भने दिव्यशवरी हाइड्रो पावरका लगानीकर्ताले सबैभनदा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।