एनआईसी एशिया बैंकको ४१ औँ शाखारहित बैंकिङ्ग सेवा सिउरेनीटारमा

140

असार ३०,
काठमाडौं । एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकको संचालनमा आएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् ।
बैंकले सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।