असार २६,
काठमाडौं । अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् । बुधबारजस्तै बिहीबार पनि बिहानैदेखि वर्षा भैरहेको छ । खासगरी चुरे क्षेत्रबाट बहने नदीनालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ । पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ ।
तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ । खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
आजको विष्तृत पुर्वानुमान!! pic.twitter.com/sfjgzRYuCa
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 11, 2019