Monday, September 28, 2026
Home अर्थ चितवनमा आँप बोकेको भारतीय ट्रकमा तोडफोड

चितवनमा आँप बोकेको भारतीय ट्रकमा तोडफोड

267

असार २६,
चितवन । चितवाको नारायणगढ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा आँप बोकेको भारतीय ट्रकमा तोडफोड गरिएको छ ।

प्रत्यक्षदर्शी व्यवसायीहरूका अनुसार स्कुटरमा चढेर आएका युवाहरुद्धारा विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा भएको हो। ट्रकको अगाडिको शिसा फुटेको छ। ट्रकमा चार टन भारतीय आँप थियो।

उनिहरुले पेट्रोल छर्केर आगो लगाउन सलाइ कोर्दा सलाइ नबलेपछि भागेको व्यवासायीहरूले बताए। प्रबन्ध निर्देशक धितालका अनुसार यो समयमा भारतबाट आँप र अनार आउने गर्छन् ।

चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य भईरहेको छ ।