चीनलाई सूचना दिएको आरोपमा पूर्वअमेरिकी राजदूतलाई सजाय

84

एजेन्सी, असरा २६,
काठमाडौं । अमेरिकाले चीनलाई सूचना दिने व्यक्तिलाई कारबाही गर्न थालेको छ । चीनबाट पैसा लिएर अमेरिकी सूचना चीन पुर्‍याएको आरोपमा सजाय पाउने कूटनीतिक क्षेत्रमा काम गर्नेहरु पनि परेका छन् । यस्तै सजाय पाउने अधिकारी हुन ६३ वर्षका कन्डान्स म्यारी क्लाइबोर्न । उनले आफू माथि लागेको आरोप स्वीकार गरेको अमेरिकी कानुन मन्त्रालयले जनाएको छ ।

आरोप स्वीकारेका उनलाई ४० महिना जेल र ४० हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ । उनले चिनियाँ गुप्तचर विभागबाट पैसा लिने गरेको र त्यसबापत अमेरिकी दस्तावेज चीनलाई दिने गरेको आरोप लागेको थियो । क्लाइबोर्नलाई २ वर्षअघि एक छानबिनका क्रममा पक्राउ गरिएको थियो । शुरुमा उनीमाथि जासुसी गरेको आरोप नभए पनि अनुसन्धानका क्रममा उक्त खुलासा भएको हो । उनले सन् २०१९ को अप्रिलमा अमेरिकालाई धोका दिएको, विदेशी गुप्तचर संस्थासँग रकम लिएको लगायतका अपराध गरेको स्वीकार गरेका थिए ।