Thursday, September 24, 2026
Home पत्रपत्रिका ठूलो परिणाममा विष्फोटक पदार्थ बरामद, थप प्रहरी टोली परिचालन

ठूलो परिणाममा विष्फोटक पदार्थ बरामद, थप प्रहरी टोली परिचालन

126

नागरिक दैनिक
असार २३,
सुर्खेत । सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिणाममा विष्फोटक पदार्थ फेला परेको छ। सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा आइतबार विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको हो। ‘विप्लव समूहको गतिविधि निगरानीका लागि गस्तीमा गएको प्रहरीले द्वन्द्वकालिन विष्फोटक पदार्थहरु फेला पारेको हो’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप क्षेत्रीले भने, ‘थप विष्फोटक पदार्थहरु पनि फेला पर्ने संभावना रहेकाले इलाका र जिल्लाबाट थप प्रहरी टोली सो क्षेत्रमा खटाएका छौं।’ प्रहरी चौकी मटेलाका प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको कमाण्डमा गस्तीमा गएको टोलीले ढुङ्गामुनि प्लाष्टिकको पोको पारी राखिएको अवस्थामा बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थहरु फेला पारेको थियो।