६२ वर्षका कांग्रेस नेता कार्कीले ३६ वर्षकी युवतीसंग बिहे गर्दै

120

असार २३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गर्ने भएका छन् । पूर्वमन्त्री समेत रहेका कार्कीले काठमाडौंको थापाथलीमा भव्य कार्यक्रमसहित राणा थरकी अधबैसे युवतीसँग स्वयंवर गरेका हुन् । ६२ वर्षीय कार्कीकी पत्नीको एक वर्ष अगाडि निधन भएको थियो ।

कार्कीकी यसअघिकी पत्नी पनि राणा परिवारकै थिइन् । कार्कीका दुई वटी पत्नीको निधन भइसकेको छ । कांग्रेस नेता कार्कीकी एक जना छोरी पनि छिन् । नेपाली कांग्रेसका नेता कार्कीले उत्सवशम्शेर राणाकी नातिनीलाई तेस्रो पत्नी बनाउन लागेका हुन् । कार्कीले विवाह गर्न लागेकी युवतीको उमेर अन्दाजी ३६ वर्ष रहेको स्रोतको भनाइ छ । -Dainik Nepal