आफुलाई पुर्व प्रेमीले यौन शोषण गरेको भन्दै कंगनाले गरिन मुद्धा दर्ता

182

एजेन्सी, असार १३,
काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनावतले अभिनेता आदित्य पञ्चोलीको विरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् । यो आरोपको मुद्धा समेत दर्ता भएको छ । कंगना र उनकी बहिनी रंगोली चन्देलले पञ्चालीलाई निशाना बनाएर लगातार सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । रंगोलीको अनुसार, पञ्चालीले नशाको डोज दिएर कंगनाको यौन शोषण गरेर आपत्तिजनक तस्बिर खिचेका थिए । त्यसपछि परिवारलाई देखाउने धम्कि दिएर १ करोड फिरौती मागेका थिए । उनले ५० लाख दिएको खुलाएकी छिन् । साथै पुलिसकोमा जाँन लाग्दा पञ्चोलीले मार पिट गरेको समेत बताएकी छिन्

आदित्य पञ्चालीलाई यौन शोषण आरोप लगाउने रंगोलीलाई २६ जुलाईमा कोर्टमा पेश हुने आदेश दिइएको छ । आदित्यले उनीहरुले गलत आरोप लगाएको र फसाउन खोजेको दाबी गरेका छन् । उनले भने, ‘मलाई यस केशमा गलत तरिकाले फसाइएको छ । मसँग प्रमाण स्वरुप भिडियो छ । म मुम्बई पुलिसलाई सहयोग गर्न तयार छु । मलाई थाहा छ मेरो विरुद्धमा केश हालिएको छ । म यही छु कतै जान्न । एफआएआर दर्ता हुदाँ पनि पुलिसले मलाई अहिलेसम्म फोन गरेको छैनन् ।’