Thursday, October 1, 2026
Home शिक्षा एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

203

रिता बोलखे, असार १२ ,
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार विहिवार सार्वजनिक गरेको हो।  विसं २०७५विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । जसमा छात्रातर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्रतर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी थिए।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २.४देखि २.८ जीपीएसम्म ७६ हजार ५ सय ६४ जना रहेका छन् । २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।  ०.८देखि १.२ जीपीएसम्म ४ हजार ४ सय २९ जना रहेका छन् भने (एनए) अर्थात ०.८ जीपीए ल्याउने ८ हजार ४ सय ६९ जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

नतिजाको सारांश तालिकामा

 

यसरी हेर्नुहोस् परिक्षाफल

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ।

यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

उल्लेखित वेवसाइटहरु बाट पनि परीक्षा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।उल्लेखित वेवसाइटहरु बाट पनि परीक्षा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।