‘मेरो पैसा खोइ’मा बर्षालाई चर्को पारिश्रमिक

392

पुस ११ ।
यस्तो लाग्दैछ, चलचित्र क्षेत्रले नायिका बर्षा राउतलाई राम्रै साथ दिइरहेको छ । एकपछि अर्को चलचित्रमा सफल भएपछि एकाएक चर्चाको शिखरमा रहेकी यी सुन्दरी अहिले एक चलचित्रमा चर्को पारिश्रमिकमा अनुवन्धित भएको खबर सार्वजनिक भएको छ । निर्माता रोज राणाले निर्देशन गर्न लागेको चलचित्र ‘मेरो पैसा खोई रु’मा बर्षा लिड नायिकाको रुपमा अनुवन्धित भएकी हुन् । सुरुमा उनलाई यो चलचित्रको नाम नै मन परेको थिएन । यसैले, नगर्ने बहानामा उनले चर्को पारिश्रमिक भनिदिइन् । तर, बलिउड चलचित्र ‘भूतनाथ’ निर्देशन गरेका विवेक शर्माको आँखामा बर्षा परेकी थिइन् । बर्षाको चर्को पारिश्रमिक डिमाण्डपछि यसका निर्माता रोज राणाले मन बदलेका थिए । तर, नायिका नै चाहिने भनेर निर्देशकले भनेपछि उनलाई मोटो रकम दिइएको हो । अधिकांश नायिकाले लिने ५० हजारदेखि ३ लाखसम्मको पारिश्रमिक हो । उनलाई यो भन्दा धेरै रकम दिइएको छ, जुन बर्षाले नै मागेकी थिइन् । माघ १५ गतेबाट छायांकनमा जाने यो चलचित्रमा सौगात मल्ल, बर्षा सिवाकोटी, सागर तिवारी, वुद्धि तामाङ, कमलमणी नेपाल, रविन तामाङ लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रलाई नेपाली र हिन्दी भाषामा तयार गरिनेछ ।