Saturday, September 26, 2026
Home Uncategorized एक दर्जन कलाकार कांग्रेसमा प्रवेश

एक दर्जन कलाकार कांग्रेसमा प्रवेश

314

पुस ६,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे । कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बस्नेतसहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगडी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चर्चित गायक युबराज चौलागाँई, अभिनेत्री रिस्ता बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का र अर्की रन्जु सुनामलगायत रहेका छन् ।