Monday, September 28, 2026
Home शिक्षा ईक्यानको १३ औं शैक्षिक मेला असार २६ गतेबाट

ईक्यानको १३ औं शैक्षिक मेला असार २६ गतेबाट

292

असार ५,
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । सोमवार काठमाडौँमा पत्रकार समेलन गरेर नेपाल शैक्षिक परामर्श संघले काठमाडौंको भृकुटीमण्डपमा आगामी असार २६ देखी २९गते अर्थात जुलाई ११देखी १४ सम्म तेहै ईक्यान बृहत शैक्षिक मेला २०७६ आयोजना गर्न लागेको हो ।

यस शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउन भन्ने अपेक्षा सहित यो मेला आयोजना गर्न लागेको ईक्यानले बताएको छ । १३ औ ईक्यान शैक्षिक मेलामा एक लाख भन्दा वढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस मेलामा विभिन्न देशका राजदुतावास तथा कुटनितिक नियोगहरुर्ले समेत सहभागिता जनाउने ईक्यनले जानकारी गराएको छ ।

नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

साथै करिब ४०० सयको स्टल रहने प्रदर्शनी गृह पुर्णतया डस्टफ्रि जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सो को व्यवस्था हुनेछ । मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुमा निःशुल्क वससेवाको समेत व्यवस्था हुने ईक्यानले बताएको छ ।