बाल यौन हिंसा: ‘मेरो छाती र योनीमा घाउ नै हुनेगरी उसले निच¥यो’

673

नेपाल समाचारपत्र
असार ५, काभ्रे । कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया बालिकालाई सार्ववनिक सवारी साधनभित्रै यौनाङ्गमा चोट पुग्नेगरी दुव्र्यवहार गरेका थिए । पीडकले पीडितलाई एक लाख रुपियाँ दिने र पीडितले कतै मुद्दा नदिने शर्तमा जेठ १४ गते कागज गराएर सहमति गरिएको थियो ।

यस मिलापत्रमा गोकुले विद्यालयमा कार्यरत शिक्षक मोहनदास श्रेष्ठले संयोजकको भूमिका खेलेका छन् । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल अन्तर्गतका सामुदायिक मेलमिलापकर्ताद्वय दिलदास श्रेष्ठ र सन्देश वाईवाको पनि मिलापत्रमा सक्रियता थियो । स्थानीय पसलका साईलामान थिङ्गलगायत सात जनालाई साक्षी राखेर मिलापत्र गरिएको थियो । प्रथम पक्ष भन्दै बालिकाका बाबु–आमालाई सही गराइएको थियोभने दोस्रो पक्षमा उनै बलात्कारको प्रयास गर्ने बुद्धिदास श्रेष्ठलाई हस्ताक्षर गराइएको छ ।
तर, २०७६ जेठ २५ गतेभित्र एक लाख रुपैयाँ दिने सहमति केही दिनमै भाँडियो– जब बालिकाका बाबुले बुद्धिदाससँग पाँच लाख रुपियाँ माग गरे । घटना भएको १२ दिनपछि बनेपामा मिलापत्रको थप तयारी गर्दैगर्दा प्रहरीले सूचना पायो र बालिकासहित उनका आफन्तलाई नियन्त्रणमा लियो । प्रहरीले बुद्धिदासविरुद्ध बाल यौन दुराचारको अभियोगमा मुद्दा पनि दर्ता ग¥यो ।

महाभारत गाउँपालिका १ गोकुल घर भएका ३४ वर्र्षीय बुद्धिदास श्रेष्ठ गोकुले स्वास्थ्य चौकीमा अहेव चौथो तहका स्थायी कर्मचारी हुन् । गोकुलेबाट बनेपा आउँदै गरेको बोलेरो गाडीमा उनले बालिकालाई जर्बजस्ती यौन दुव्र्यवहारको प्रयास गरे । भाउजु नाता पर्नेसँग उनी गाउँपालिका कार्यालय जाँदै गर्दा सोलाभञ्ज्याङ्ग भन्ने स्थानमा बुद्धिदासले गाडीको पछाडी बसेकी बालिकामाथि दुव्र्यवहार गरेका थिए ।
‘मेरो छाती र योनीमा घाउ नै हुनेगरी उसले निच¥यो, म दुखेर छटपटाएँ, गाडीबाट झरें, अनि नजिकैका मान्छेहरुलाई भनें’ बालिकाको बयान प्रहरीले उजुरीमा लेखेको छ ।