गोताखोरको टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजी शुरू

226

असार ४,
सिमकोट । कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट अएको गोताखोरको टोलीले खोजी शुरू गरेको छ ।
कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि सो टोली आएको हो । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर दिउँसो हुम्ला आउन अइपुगेके हो । सशस्ज्ञका प्रहरी निरीक्षक लक्षमण वस्नेतको नेतृत्वमा अ।एको दश जना गोताखोरको टोलीले खोजी शुरू गरेको छ ।

नदी भित्र निक्कै चिसो र गहिरो भएका खोजी दलका सदस्यले बताए अवश्यक सामाग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली बोलाइएको हो ।

सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभावालु क्षेत्रमा जीप कर्णाली नदीमा खसेको थियो । जीप कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता हुनु भएको छ । त्यसै गरी बेपत्ता हुने अन्यमा गाडी चालक सिमकोट आठ निवासी मणी शाही, खार्पुनाथ ४ निवासी चन्द्र हमाल, नैन सिंह भण्डारी पाँचकी वसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई वर्षको छोरा र काठमाडौ थानकोट निवासी वेल्डिङ मास्टर राजु श्रेष्ठ रहनुभएको थियो ।

घटनास्थलमा रहनु भएका गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । जीप खसेको स्थान सडकभन्दा २५ देखि ३० मिटर तल रहेको छ ।