डान्सिङ्ग मुडमा पुष्प र साम्राज्ञी

262

जेठ २७,
काठमाडौँ । चलचित्र ‘मारुनी’ मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत यही मंगलबार सार्वजनिक हँदैछ । यो गीतलाई लिएर यसको निर्माणपक्ष निकै उत्साहित छ । द गीतको भिडियो रिलिजको एक दिन अगाडी निर्माण टिमले गीतसँग सम्बन्धीत केही तस्बिरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरहरुमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई डान्सिङ्ग मुडमा प्रस्तुत भएका छन । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ पछि मारुनीको ‘जाम्न माया जाम’ ले दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ । नवल नेपालले निर्देशन रहेको फिल्म ‘मारुनी’ मा लाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । फिल्ममा पुष्प र साम्राज्ञीको मुख्य भूमिका छ । फिल्म भदौ १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।