विष खुवाएर छिमेकीलाई मार्ने पक्राउ

94

जेठ ८,
डोल्पा । डोल्पामा विष खुवाएर मान्छे मार्ने तीनजना पक्राउ परेका छन् । गत जेठ २ गते विष राखेको खाना खाँदा एकै परिवारका एकजनाको ज्यान गएको थियो भने दुईजनाको गम्भीर भएका थिए। गम्भीर भएकाहरुको हाल उपचार भइ रहेको छ । त्रिपूरा सुन्दरी नगपालिका १ रल्लीका ३२ वर्षीय शुकलाल कुलालको विष राखेको खाना खाँदा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । उनका दुई श्रीमतीको हेलिकोप्टरबाट सुर्खेत लगि उपचार भइइरहेको छ ।

चैत्र २ गते राति शुकलालकै घरमा खानामा विष राखेर खुवाउने त्रिपूरा सुन्दरी नगरपालिका १ रल्लीका ४१ वर्षीय ओमबहादुर शाही, सोहि वडा गल्ली ३० वर्षीय जयबहादुर कठायत र सोही वडाका ३७ वर्षीय धन बुढालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । प्रहरीले पक्राउ गरेका तीनैजनालाई म्याद थप गरी थप अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

डिएसपी रञ्जितकाराका अनुसार उनीहरु शुकलाल कुलाको परिवारलाई ज्यान मर्ने उद्देश्यले डोल्पाकै पाटनमा पाइने विष खानामा मिलाएर खुवाएको भन्ने प्रमाणसहित प्रहरीले प्रक्राउ गरी सार्वजानिक गरेको बताए । विस सेवनबाट शुकलाल कुलालको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गर्दा उनीहरु शंकास्पद देखिएपछि पक्राउ गरेको र उनीहरुको साथबाट विषको बोटसहित विष घोलिएको बोतल र अन्य सामगी समेत बरामत भएको डिएसपी रञ्जितकारले जानकारी दिए । अन्नपूर्ण पोष्ट