कुमारी बैंकको विषेश साधारण सभा जेठ ३१ गते

187

जेठ २७,
काठमाडौँ । कुमारी बैंकले जेठ ३१ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ ११ गते बसेको बैंक संचालक समितिको बैठकबाट यसअघि स्थगित संचालक निर्वाचन सम्पन्न गर्नका लागि विषेश साधारण सभा गर्न लागेको हो । सभा गर्न बैंकले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् । सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे हुनेछ ।

बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आव २०७४।७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिने प्रस्ताव अनुमोदन भएको हो ।