१ हजार रुपैयाँ तिर्न ‘आनकानी’ गरेपछि हत्या

231

साउन ४,
लहान । सिरहामा एक किशोरको एक हजार रुपैयाँको कारोबारमा कुरा नमिल्दा हत्या भएको छ । लहान नगरपालिका–१, का सिफैत मोचीका १८ वर्षीय छोरा रोशन मोचीको हत्या भएको हो । उनको हत्या सिरहाकै मिर्चैयाका जयकुमार यादवले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लागुऔषध कारोबारमा हिरासतमा रहेका उनीहरुबीच एक रुपैयाँको लेनदेन त्यही भएको थियो । रोशनले जयकुमारबाट लिएको सोही रकम तिर्न आनकानी गरेपछि उनको हत्य भएको प्रहरीको निश्कर्ष छ । बहिनीको विवाहका लागि पैसा जुटाउन विदेश जाने तयारीमा रहेका रोशनको एक हजार रुपैयाँ लेनदेनको निहुँमा अन्ततः जीवननै समाप्त भयो । -रातोपाटीबाट