स्कुटीवाली…

119

-दीपक घिमिरे

कलेजको गेटमा आएर एउटा स्कुटी टक्क अडियो, रातो कलरको स्कुटीमा आएकी स्कुटीवाली पनि रातै ड्रेसमा थिई । अनियन्त्रित पार्किङ भएको स्कुटीलार्ई स्कुटी पार्किङमा राख्न गेटपाले दाइले सिकाएपछि स्कुटीवाली हल्का लजाई । उता सहरका बोकाहरू गलल्ल हाँसे ।

स्कुटीको डिक्कीबाट कलेजी कलरको ब्याग निकालेर स्कुटीवालीले काधमा भिरी अनि आँखामा लगाएको हजारौं मूल्य बराबरको चस्मा निकालेर निधारमा अड्याई । अनि नागबेली आकारमा जिरो फिगरवाला शरीर लच्काउँदै हामी बसेको सामु आएर सोधी, ‘एक्सक्युज मी १ एकाउन्टेन्टको अफिस कता पर्छ रु ’ चोर औंलाले हाम्रो लेखा शाखा देखाउँदै मैले भनें, ‘ऊ त्यहाँबाट लेफ्ट साइडतिर मोडिनुस् । ढोकैमा पुगिन्छ ।’ उसले मीठो मुस्कान छाडदै भनी, ‘थ्याङ्क्स ! ’ पर्फ्युमले नुहाएजस्तो वासना छाडदै ऊ कलेजको गेटबाट भित्र लागी, हामी हेरेको हेर्‍यै भयौं ।

स्कुटीवाली निक्कै सुन्दर थिई । सबैको मनै लोभ्याउने सुन्दरी । ऊ को हो, किन कलेजसम्म आएकी होली रु सबैको मनमा यस्तै कुरा खेल्दै थिए । उसलार्ईर् सबैले राम्री माने, साँच्चै ऊ निक्कै राम्री थिई । ऊ को हो भन्ने कौतूहल मेट्न धेरै बोका उसको पछि लागे, लेखा शाखातिरै । ऊ आधा घण्टापछि फर्केर आई, हामी अहिलेसम्म यही गेटमै थियौं ।

ऊ अघि आएकै स्टाइलमा स्कुटी चढी ! पहिले ब्याग डिक्कीमा राखी, टाउकाको चस्मा आँखासम्म ल्याई अनि स्कुटी स्टार्ट गरेर बेपत्ता भै । सबैका आँखा ऊ गएको बाटोतर्फ मोडिए, बच्चादेखि वृद्धसम्म सबैको । अनि सुस्केरा हाल्दै धेरैले भने, ‘ओ माई गड १ क्या सेक्सी केटी ।’ सहरमा स्कुटीवाली धेरै छन् तर ऊ बेग्लै थिई । हाम्रो कलेजमा दर्जनभन्दा बढी केटी स्कुटी लिएर कलेज आउँछन् तर ऊ ती सबै केटीभन्दा बेग्लै थिई । ऊ को हो वा किन आएकी हो, कसैले थाहा पाएनन् ।

कलेज नियमित थियो । देशभरबाट पढन आएका हजारौ विद्यार्थी थिए यो कलेजमा । कसैलार्ईर् कसैको मतलब हुँदैनथ्यो, तर ती स्कुटीवालीको मलार्ईर् खुब मतलब भयो । खै किन ऊ मेरो आँखामा बसेकी थिई, मैले आफैं बुझ्न सकेको थिइनँ । कलेज जाँदा–आउँदा सयौं स्कुटीवाली सडकमा भेटिन्थे, घरबेटीकै कान्छी छोरीको पनि गजबको स्कुटी थियो, ऊ पनि स्कुटीवाली नै हो । कलेजमा सँगै पढने नमिता, कृष्टि, संजिता सबैको स्कुटी थियो तर मेरो दिमागमा यही स्कुटीवाली घुमिरही ।

अर्को दिन पहिलो कक्षा लिएर उसैगरी गेटमा उभिएको थिएँ, ऊ फेरि आई । उसैगरी स्कुटी पार्क गरी । यसपटक उसलार्ईर् गेटपाले दाइले केही सिकाउनु परेन । ‘आराम छौ ? ’ उसले गेटमै उभिएका पालेदाइलार्ईर् सन्चो–बिसन्चो सोधी । पालेदाइले ट्वाँ पर्दै भने, ‘सन्चै छु ! ’ऊ हामी भएतिर हेरेर मुस्कुराई । म पनि बत्तीस दन्त देखाएरै मुस्कुराएँ । मेरा साथीहरू पनि त्यसैगरी मुस्कुराउँदै थिए ।

ऊ सरासर लेखा शाखातिर गै । कलेजका बोकाहरू उसको स्कुटीमा झुम्मिए । कसैले स्कुटीको ऐनामा हेरेर कपाल मिलाए, कसैले जुँगा मिलाए अनि कसैले त स्कुटीमै बसेर चलाएको नाटकसम्म गर्न भ्याए । ऊ आज अलि धेरै बेरसम्म लेखा शाखामा बसी । ऊ एकाउन्टेन्टसँग बसेकै समयमा कलेजका प्रिन्सिपल पनि लेखा शाखामा गए । अरू दुई–चार जना प्राध्यापक पनि गए । मैले सोचें, भित्र मिटिङ हुँदैछ सायद । ऊ करिब एक घण्टा पछाडि निस्की । मैले कक्षा कोठाको झ्यालबाटै उसलार्ईर् लाइन मारें । ऊ अलि हतारमा जस्तै गरेर गेटबाहिर निस्किई । बाहिरको अवस्था मलार्ईर् थाहा भएन ।

ऊ गएको केही क्षणपछि हाम्रो क्लास सकियो । हामी सबै अफिसतिर लाग्यो । प्राध्यापकहरूलगायत प्रिन्सिपल र एकाउन्टेन्ट सबै बसेर छलफल हुँदै थियो तर के विषयमा हो हामीलार्ईर् थाहा भएन । सरहरूलार्ईर् सोध्दासमेत भन्नुभएन । बरु कलेजको सानो समस्या भनेर हाँसेर टारिदिनुभयो । यो दिन पनि ऊ को हो वा किन आएकी हो थाहा भएन । हामी सबै उत्सुक थियौ बुझ्नका लागि, तर न एकाउन्टेन्टले भन्थे । न अरू कुनै सरले ।धेरैलार्ई ऊ को हो जान्ने उत्सुकता थिएन, तर मलार्ईर् जान्न मन थियो आखिर को हो ऊ ?

कुनै हिरोनीभन्दा कम राम्री छैन ऊ । मिलेको शरीर छ, कुनै ठूलो व्यवसायिक घरानाकी छोरीजस्तै फेसनेवल छे ऊ, तर कलेजको आन्तरिक मामला भन्दै गोप्य राखिँदै छ उसको परिचय । अरूले चासो नदिए पनि मलार्ईर् स्कुटीवालीका बारेमा बुझ्नु थियो । उसलार्ईर् चिन्नु थियो किनभने उसले पहिलो पटक एक्स्क्युज मी भन्दै मन चोरेकी थिई मेरो । ऊ हाम्रै कलेजको प्राध्यापक भैदिए हुन्थ्यो वा कलेजकै नयाँ विद्यार्थी भैदिए हुन्थ्यो भन्ने मेरो मनको आग्रह थियो । यति भए म उसलार्ईर् दैनिक हेर्न पाउँथें । राम्रा फूललार्ईर् हेरेरै चित्त बुझाउने मेरो आफ्नै नियम छ । ऊ मेरा लागि फूल थिई, बगैचामा फुलेकी अलग स्टाईलकी सुन्दर फूल ।

घर गयो, सम्झनामा स्कुटीवाली । कलेज आयो, कतिबेला आउली स्कुटीवाली । यी र यस्तै कुराले सताउने भैसकें म । करिब एक सातासम्म ऊ दैनिक कलेज आउजाउ गरिरही । पहिले–पहिले छिट्टै फर्कन्थी तर पछि–पछि समय बढाउँदै लगी । एकाउन्टेन्टसँग मात्र हुने छलफल आजभोलि कलेजका सबै स्टाफसँग गर्न थाली सायद । ऊ आएको पत्तो पाउनासाथ कक्षा कोठाबाट निस्केर सबै प्राध्यापक लेखा शाखातिर लाग्थे । ऊ आएपछि कलेजको पढाइ बिग्रन्थ्यो । अरूले विरोध गर्थे तर म गजब मान्थें, किनभने म स्कुटीवालीलार्ईर् मज्जाले हेर्न पाउँथें । ऊ फर्कदा उसलार्ईर् गेटसम्म छाड्न पाउँथें । ऊ फर्कंदा सधैं मलार्ईर् मुस्कानसहित बाई भन्थी, म लठ्ठिन्थे कुनै पागलप्रेमीजस्तै ।

एक दिन ऊ अलि छिट्टै आई । म गेटमै हुँदा आई । हातमा ठूलो ब्याग लिएर आई यसपटक ऊ । सधैंजसो मलार्ईर् हाई गरेर लेखा शाखामा पुगी । ऊ गएपछि सबै सरहरू उतै गए । अरूलार्ई खासै चासो नभए पनि मलार्ईर् उसको माया लाग्ने भैसकेको थियो । त्यसैले म उसको विशेष निगरानी गर्थें । कक्षा सुरु भएको थिएन । सबै सरहरू उतै मिटिङमै थिए । हामी स्कुलकै ग्राउन्डमा बसेर गफमा मस्त थियौ । अरूको ध्यान गफमा भए पनि मेरो ध्यान स्कुटीवालीतर्फ थियो । ऊ कतिबेला निस्कन्छे अनि मनभरि हेर्न पाइन्छ भन्ने थियो ।

एक्कासि सबै सरहरू हतारका साथ बाहिरिए । स्कुटीवाली सबैभन्दा पहिले झाग्दै गेट क्रस गरि । बिस्तारै सबै सरहरू दौडिँदै गेट त्रस गरे अनि सबैलार्ईर् छिट्टै बाहिरिन आग्रह गरे । ठूलो गेट खोलियो, सबै विद्यार्थी हूलका साथ बाहिरिए । विद्यार्थी आउने काम सकिनासाथ ठूलो आवाजमा ब्लास्ट भयो, बमले अफिसको छत उडाइदियो । हेर्दाहेर्दै सबै जलेर खरानी भयो । हामीहरू निक्कै डरायौ, फर्केर स्कुटीवालीतर्फ हेरेको ऊ बेपत्ता भैसकेकी थिई ।

तुरुन्तै प्रहरी आयो, अनुसन्धानका लागि प्रिन्सिपल र एकाउन्टेन्टसँग सोधपुछ गर्न थाल्यो । डरले काँपिरहेका एकाउन्टेन्ट भन्दै थिए, ‘५० लाख चन्दा माग्दै थिए, २० लाख दिने सहमति हुँदा पनि लिन मानेनन्, अन्त्यमा टाईम बम फिट गरेर ज्यान बचाउने भए भाग भनेर बेपत्ता भए ।’ ओ माई गड ! मैले मनमा सजाएकी त्यो स्कुटीवाली हिंसात्मक गतिविधिमा लागेको पार्टीको जिल्ला सेक्रेटरी रै’छे । ऊ पार्टीका लागि चन्दा माग्न आउँदी रै’छे । कलेज जीवनमा मन पराएकी त्यो स्कुटीवाली आज जिउँदै छे कि सहिदको नाममा सूचीकृत छे थाहा भएन, तर उसको त्यो रूप अनि लोभलाग्दो शरीर अझै उस्तै ताजा छ मानसपटलमा । सम्झनाबाट हराउन सकेकी छैन त्यो स्कुटीवाली ।

-साप्ताहिकबाट साभार