कविताः तिमीलाई सम्झिराखे

645

-रमेश गिरी ‘आशा’
सपनीमा तिमी आयौ,
बिपनीमा कहाँ खोजौ
छातीभरि सजाएर,
सिङ्गो मन कहाँ रोजौ ।

मेरो मनको ढोका खोली
अन्त कतै तिमी नजाउँ
हृदयमा मेरो सधै
आफ्नै बाँस तिमी बसाउँ ।

तिमीलाई नै रोजे मैले,
नजरमा सजाई राखे
परेलीको डिलभित्र
तिमीलाई नै लुकाई राखे ।

हृदयको प्रत्येक धड्कन
तिम्रै नाममा धड्किदिन्छ
जिन्दगीको प्रत्येक कदम
तिम्रो छाँया पछ्याई रहन्छ
जिन्दगीको प्रत्येक कदम
तिम्रो छाँया पछ्याई रहन्छ ।

भक्तपुर, सिरुटार

गिरी पत्रकारीता र साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ ।