यसरी गयो बसन्ताको ज्यान

80
सांकेतिक तस्विर

जेठ २५,
अर्घाखाँची । श्रीमानको कुटपिटबाट सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।
यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३५ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा रिसको झोकमा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए । लगत्तै उनको मृत्यु भएको थियो । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् । यसैगरी सितगंगाको सिद्धारा खयरभट्टीको जङ्गलमा एक वेवारिसे पुरूषको शव फेला परेको छ ।