कथाः उषाको किरण

471

जानू काम्बांग लिङ्गदेन
अलि अबेर उठेकोले होला आलस्य महसुश गरिरहिन् उषाले । उनले आफ्नो गाऊ घर छाडेर शहरतिर झरेको पनि पुरै १९ बशन्त उक्लेको छ थाहै भएन । कहिले यतिका दिनहरु बित्यो उनको । आफुसंग सुखका दिन रहुन्जेल मान्छे सबथोक बिर्सन्छन् उषाले पनि उस्तै गरि बिर्सेका सारा पलहरु मनका पानाबाट एकएक गर्दै पल्टाउँन थालिन् । बसाई सराईको क्रम भनौ या अभाबले लखेटेर हो । उनको परिवार २०४३ साल देखि पहाड छाडी झापा बस्दै आईरहेका छ । बाबाको सानो जागिर भए पनि सरकारी नै थियो । उषा तीन भाईकी एक मात्र चेली थिईन् । आफ्नै संसारमा सुखी थिए उनीहरु, बाबाको तलब थोरै भए पनि आमा मेहेनती भएकोले घरमा कहिले अभाव महसुश भएन ।
पहाडमै ६ कक्षा सम्म पढेर झरेकोले कक्षा ७ उनले मधेशमै पढिन् । त्यो स्कुल कक्षा ७ सम्म मात्र भएकोले परिक्षा पछि पढ्न उनि धरान पुगिनन् । धरानको बाताबरण र साथीहरु संग घुलमिल हुन उनलाई निकै समय लाग्यो । धरान एउटा सुन्दर शहर भएपनि त्यहाँ लाहुरेहरुको बाहुल्य रहेकोले गैर लाहुरेका छोराछोरी एक गरिब विद्यार्थीमा गन्निन्थे । सायद उषा पनि तेस्तै महसुश गर्थिन् । प्रायः कक्षा कोठामा उनि अन्तिम बेञ्चमा बस्थिन् । त्यहाँ उनि जस्ता दुर्गम छेत्रबाट पढ्न झर्ने सबै नेपाली स्कुलका बिद्यार्थी हुन्थे । जो तेर्हथुम, ताप्लेजुंग, पाँचथर आदिबाट आउने गर्थे । सबै आफ्ना आफन्त पर्ने लाहुरेका घरमा बसेर एकछाक खानको लागि कयौं काम गरेर पढ्ने गर्थे । उषाको पनि हालत उस्तै थियो बिहान बेलुकी काम गर्ने भाई बहिनिहरुलाई टिफिन सहित बोडिंग स्कुल पठाउने अनि बल्ल सब काम सकेर आफु सरकारी स्कुल जाने । एसएलसी आउने बेला टिउसन लिनु जरुरि लाग्यो उषालाई, आमा बाबा संग सल्ला गरेर उनि टिउसन खोज्न थालिन् एक दुई ठाउमा बुझिन् ।
तर उनको घर परिवारले निल्न नसक्ने फि..सुनेर आफ्नो घाँटी छाम्दै निराशाको छाप निधारमा टाँसेर फर्किन् । घर आउँदा सधैं झैँ पाहुना टन्नै थिए चिन्ता र गरिबीले खुम्चिएको निधार तन्काउदै कपडा फेरेर चुला चौका गर्न तयार भईन् । बेला बखत बोल्ने बात मार्ने गरेको छिमेकी दाई बडी आमासँग गफ्फ गर्दै बसेको देख्यो । नमस्ते दाई ! उषाले भनिन् नमस्ते नमस्ते, के छ उषा बहिनि हाल खबर पढाई ठिकै चल्दै छ ? छिमेकी दाईले सोध्यो ढुंगा खोज्दा देउता भेटे झैं भो उषालाई एकछिन रोकिएर आफ्नो समस्या ओकलिन्न । भनिन् दाई सस्तो टिउसन पढाउने कोहि चिन्नु हुन्छ ? मैले खोजिरहेकी छु आज निकेतनको सर संग पनि सोधें तर सारै महँगो भन्दो रहेछ । ए…हो कति भन्दो रहेछ त ? फेरि प्रश्न नै आयो छिमेकी दाईबाट, एकछिन घोरिएर बोलिन् उषा कहाँ दाई १७० रे महिनाको अलिकति पनि नढाँटी सोझै भनिन् । ठुलो हासेर भन्यो अरु त जान्दिन एउटा शिक्षक त यहि छ तिम्रो सामु ? उषाको बडी.. पनि ठुलो हाँसिन् । उषाको गालामा लालुपाते फूल्यो लाजले रगत चुहिएला झैं भयो ।
जिस्किएको हो कि साँच्ची हो कुरै नबुझेर उनि आफ्नो कामतिर लागिन् । त्यो दिन तेतिकै बित्यो उषालाई चिन्ता लागिरह्यो एसएलसी पास गरिन भने बाबा आमाले पनि नपढाउने बरु बिहे गरिदिने भनेका छन् । उसलाई त्यो कुरोले झन् नराम्रो गरि बिथोलिरहेको थियो एलिना ..ए एलिना यो कता गई ? बडी आफ्नो कोठाबाट कराउन थालिन् उषा ओछ्यानमा पल्टिएर भूगोलको किताब हेर्दै थिईन् उषा । बडीले बोलाएको जस्तो लाग्छ उषालाई हजुर बडी ? के भयो ? उषा उठेर सधैं झैँ आज्ञाकारी भएर बडीको कोठामा पुग्छिन् । बहिनि कहाँ गई त्यहाँ छैन ? उषाले भनिन् छैन बडी ! तल्लो घरमा गई होलि जाऊ त लिएर आऊ ? तल्लो घरमा ? नमिठो गरि एकपल्ट टाउको कान्याउछिन्न र बाटो लाग्छिन् उसलाई तल्लो घर जान एकदम लाज लाग्छ । त्यहाँ धेरै क्याम्पस पढ्ने केटाहरु बस्छन् साथमा उनको प्यारो छिमेकी दाई पनि । लजाई लजाई उनि माथि उक्लिन् एलिनाको आवाज ढिकीमा पुग्दै सुनेर कराउछिन्न एलिना घर जाऊ रे मुम्मिले बोलाउदै हुनु हुन्छ ? उनि उही छिमेकी दाई संग खेलिरहेकी हुन्छिन् उषाको आवाज सुनेर छिमेकी दाईले भन्यो ए…उषा बहिनि पो ? यता आएर बस न एकछिन् ? होइन दाई मलाई हतार छ, उषाले भनिन् होइन हौ लाटी अघि कुरो तेतिकै भयो तिमीले ट्युसनको कुरो गर्दै थियौ साँच्ची पढ्ने हो ? उषाको मन चंगा भो उनको खुशी नाच्न थाल्यो मनको कुना कुना ।
लाज साज बिर्सेर भित्र पसिन् त्यहाँ सबै परिवार बसेर टेलिभिजन हेर्दै थिए टेलिभिजनमा पुरानो हिन्दी फ्लिम एक फूल दो माली आउदै थियो । लजाई लजाई सबैलाई नमस्कार गर्दै उषा पनि एउटा सोफामा बसिन् । छिमेकी दाईले भन्यो ठिकै छ कुन कुन बिषय पढ्ने हो ? उषाले भनिन् हजुर दाई म म्याथ र ईङ्गिलश पढौं कि भन्दै छु तर….तर भनेर एकछिन रोकिन । यो कारण उसको मनले ट्युसन फी..कति लाग्ला भनि रहेको थियो ! लौ ठिकै छ लाटी किन घोरिएको तिम्रो निकेतन स्कुलको सर जस्तो महँगो भन्दिन महिनाको ८० रुपैया देऊ अर्को हाप्ता देखि हरेक बेलुकी पढ्न यहाँ आऊ ? उषा जुरुक्क उठेर बुरुक्क उफ्री एकपल्ट तालमाथिको भुई थर्कियो सबै गलल हाँसे । उनी लाजले रातो हुँदै बहिनीलाई लिएर भागिन् । पर्सि पल्ट बेलुकी ४ बजेदेखि भाई बहिनिहरुसंग उषा टिउसन पढ्न थालिन् आफ्नै छिमेकी दाईसंग । उषा व्यस्त हुन थालिन् रात दिन मेहेनत गरेर उनि पढ्न थालिन् उनलाई अब आफ्नो ईज्यतको पनि सवाल थियो आफुलाई मन पर्ने छिमेकी दाईको प्यारो बन्नु थियो । आउने बितिक्कै देखि चिन्दै नाचिन्दैदेखि उसलाई त्यो दाई आफ्नो लागेको थियो जुन बेला उनलाई उसको नाम समेत थाहा थिएन । तर अहिले त झन् नाम पनि थाहा भयो हरेक बेलुकी ट्युसन पनि संगै पढेर उषाको मनमा साँच्ची नै लाली झुलेको छ । अघि अघि दौडी रहेको समयलाई पछ्याउदै उषाले आफ्नो एस एल सी को लागि आफुलाई तयार गरिन् ! केहि महिना पछि सेनटप सकियो रिजल्ट राम्रै आयो आमा बुवा पनि खुशी भए, परिवारको योगदानलाई खेर नफाली गरिबीको रेखामुनी रहेर पनि समस्याहरुसंग लड्दै उनले पढाईलाई निरन्तरता दिइरहिन् ।
सभ्याताको उचाई छुन हतारि रहेको धरान सहर र उषाको जवानी उस्ता उस्तै दमाले लाग्थ्यो । सुन्दर भबिस्यको खोजीमा बिदेशिएका लाहुरेहरुले बिदेशमा कमाएका पैसाले श्रीगारेर चिटिक्क पारेका थिए धरानलाई तेसैगरी उषालाई उनको छिमेकी दाई किरणले सजाएर एक पूर्ण तरुनी बनाएकी थिईन् । उषा किरणलाइ देख्दा आफु तरुनी भएको महसुश गर्थिन् ! लाहुरेकै छोरा भएर पनि ईमानि र जेहेन्दार बिद्यार्थी थियो किरण उसले महेन्द्र बहुमुखी क्याम्पसबाट बिए सक्नु लागेको थियो । ट्युसनको सिलसिलामै थाहै नपाई कुन बेला दुबैको मुटु संग संगै धड्कन थाल्यो थाहै भएन । एकदिन ट्युसन पढ्दै गर्दा सानो चिट लेखेर उषाको भाई बहिनीहरुले नदेख्ने गरि नोटमा घुसारी दिएको थियो । त्यो देखेर उषाको मुटु जोरजोरले धड्केको थियो । ट्युसन सकेर कोठामा पुगेर हेर्दा लेखिएको थियो पर्सि शनिबार सिनेमा हेर्न जाउँ ल ? ईटहरी कयामत से कयामत तक चल्दै छ ? तिमीलाई माया गर्ने दाई किरण यतिनै लेखिएको थियो ? आफ्नो ओठले सुस्तरी चुमेर छातीमा टंसाइन् उषाले । त्यो चिट अनि घुसार्यो नोटमा र पल्टियो ओछ्यानमा मिठो सपनाको कल्पना गर्दै ! उषाले पहिले पनि कति किरणको अफरलाई बेवास्ता गर्दै आएकी थिइन् तर यो पालि त उसलाई पनि जाउँ लाग्यो ! उषालाई निद्रा लाग्न छाड्यो बडीको डरले त्यो पर्सि शनिबार नआए हुन्थ्यो लागिरह्यो तर आखिर आयो सनिबार बडीलाइ साथीकोमा पढ्न जान्छु भनेर बिहानै निस्कियो उषा ! किरण केहीछिन पछि भानुचोक आईपुग्यो दुवै भेटेर बिराटनगर जाने बसमा टिकट काटेर लागे ईटहरीतिर ।
बस खाली थियो रोजेर बिचको सिटमा बसे दुवै ! उषा ! हजुर दाई उषा लजाउदै बोलिन् घरमा छ्यामालाई के भनेर आयौ ? किरणले सोध्यो, मुसुक्क मात्र हासिन् बोलिन् उषा ! त्यो देखेर किरणलाई झन् जिस्क्याउन मन लाग्यो झन् ढाडमै ढ्याप मार्दै भन न भन म भन्दिन क्या…..भन्न थाल्यो किरणले साथीको घर पढ्न जान्छु भनेर आएँ उषाले भनिन् ! हाहाहा….गरेर ठुलो हास्यो किरण उषा झन्डै रुईन्न ! किरणले चाल पाएर भन्यो छी ..तिमी त लाटी मात्र होला भनेको त डर छेरुई पनि रहेछौ । लाटी कहाँ भन्छु त म ? उषा खुशी भईन् किरणले सुस्तरी आफ्नो हात अघि बढाएर अँगालो हाल्यो उषाले पहिलो पल्ट आमा बाबाको अँगालो भन्दा अलग र भिन्न महशुस गरिन् । भित्रि कताकता देखि काउकुती लागेर आयो, सारा सरिर रोमाचित भयो, किरणको शरिरबाट एक प्रकारको सुगन्ध आईरहेको थियो ! झ्याल खुल्लै थियो हल्का रुख पातहरुले पौलो फेर्न थाल्दै थिए, उषाले आफ्नो प्रेमीको अंगालोमा ढल्किएर पहिलो पल्ट चारकोसे झाडी तर्दै थियो ! मधेस धुम्मिएको थिएन आकास माथि माथि टुक्रिएको बादल ठुग्दै साम्वा चराहरु हुल हुल बाँधेर उड्दै थिए । उषा र किरण बस भित्र सयौंको माँझमा एक अर्कालाई हराएर खोजा खोज गरिरहेका थिए ! उनीहरुलाई थाहै भएन कहिले तरहरा काटियो स्याउति तर्यो ध्याप्प ……ध्याप्प …..ईटहरी ईटहरी ….लौ ईटहरी आयो ढोकाबाट खलासी कराउदा मात्र दुवै होसमा आए हतार ओर्लिएर हात समाउदै बाटो काटी कृष्ण मन्दिर हलतिर लागे । हलमा पुग्दा भिड निक्कै घटिसकेको थियो बल्कोनिको २ ओटा टिकट किनेर माथि चढे ! उषाले भागेर सिनेमा हेरेको यो पहिलो पल्ट थियो तेसैले होला ऊ कसैले देख्ला कि भनि डराई रहेको थियो ! तर किरणले नडराउ यहाँ कोहि छैन् हामीलाई चिन्ने तेसैले त ईटहरी जाऊँ भनेको लाटी ? किरणको यस्तो कुरो सुनेपछि ऊ ढुक्क भयो ! उनीहरु सिटमा बसेको केहि बेरमै सिनेमा सुरु भयो ! किरणले अँगालो हालेर राख्यो उषालाई घरि घरि गाला दुख्ने गरि टोक्त्यो, गोरी राम्री उषा साँच्चिकै उषाको पहिलो लालीझैं देखिन्थिन् ।
छिनिएको बारुले कम्मर सेतो चुरिदार कुर्तामा रातो सुरुवाल र साल एकदम खुलेको थियो ! किरणले क्रिम कलरको चेक सर्टमा जिन्स लागाएको थियो लाग्यो सिंगो हलमा अमिर खान र जुही चावलाको जोडी जस्तो …उनीहरुले पनि सायद ! एक अर्कालाई तेस्तै देख्थे..र महसुश गरेर हराउथे आफै आफैमा ! समय बित्दै गयो एस एल सी आउनु केहि महिना मात्र बाकि थिया । घरको कामले पुरा समय पढाईमा लगाउन नसकेकी उषाको चिन्ता किरणलाई पर्न थाल्यो । तेत्रो सिंगो घरमा उषाको पढाईको चिन्ता गर्ने कोहि थिएनन् । उनका बा..आमा टाढा थिए । हेल्लो उषा आयौ ? म तिम्लाई नै कुरेर बसिरहेको, किरणले भन्यो । उषा स्कुलबाट आउदा किरण घरमा आएर बसिरहेको थियो किन दाई केहि काम थियो कि ? उषाले भनि होइन तिम्रो म्याथको केहि भाग आजै सिकाउनु पर्यो अनि पर्सि ट्युसनमा सबैलाई एकैपल्ट ईन्लिसको पाठ सुरु गराउनु पर्यो । किरणले बडीको छेउमा निक्कै सम्हालिएर भन्यो उषा एकछिन अकमक्क परि तर उताबाट किरणले आँखा झिम्काई रहेको देखेर ओक्लन लागेको सब्द पनि तुरुन्त्त तातो थुकसंगै निलिन् । दाईलाई चिया बनाई देऊ उषा ..बडीले भनिन् । उषाले हस भन्दै चिया बनाएर ल्याईन् बडी र किरण चिया पिउन थाले । उषाले हतार चामल धुएर भिजाईन्न, एक अँगालो दाउरा ल्याएर खेतीको खेसरी दाल बसाली राखेर मसला पिस्न थालिन् किरण । उसको हरेक हेराई नियाल्दै चिया घुद्काउन थाल्यो । एकैछिनमा भान्साको आधा जति काम सकेर कोठामा गई पढ्ने टेबल मिलाई अनि बोलाई किरणलाई । किरणले पनि एसएलसीमा आउन सक्ने सभाबित हिसाबहरु सब सिकाउन थाल्यो उनीहरु पढ्न थालेपछि प्रेमी प्रेमिका होइन पक्का शिक्षक र बिद्यार्थी हुन्थे यो पक्क्ष दुबैको राम्रो थियो । यसै कारण पनि उषा पढाईमा राम्रो हुन थालेकी थिई । झन्डै २ घन्टाको अबधिमा निकै सिकिन् उषाले तेस्पछि किरण घर तिर लाग्यो उषा भान्साको काममा । सबै काम सकेर उषा फेरि पढ्न बसिन् । अंक गणित फरर पल्टाउदा एउटा चिट झर्छ भुईमा टिपेर हेर्छे ।……लेखिएको थियो उषा मेरी प्यारी तिमीलाई धेरै धेरै माया, मलाई थाहा छ तिम्रो परिक्क्षा आउन लाग्यो तर तिमी पढ्न पाउदैनौ । सारा घरको काम तिम्रो जिम्मामा देख्छु सरि म केहि गर्न सक्दिन टुलुटुलु हेर्न बाहेक तर मलाई विश्वास छ तिमी राम्रो गर्छौ एसएलसी ..कामको केहि समय छोट्याएर पढाईमा लागाऊ तिमीलाई मेरो बिन्ति राति अबेर सम्म पढ्छौ म थाहा पाउछु ! तर रातको अनिदोले तिम्रो स्वास्थ्य बिग्रन सक्छ । बरु बिहान चाडो उठेर पढ म तिम्रो सिक्क्षक भएर भन्दै छु तिम्रो एस एल सी नसके सम्म माया प्रेमका केहि कुरो हुने छैन हामी बीच …..सके पछि के के गर्ने म भन्छु हाहाहा………….लाटी ! पढिसकेर गहभरि आँशु बनाउदै उषा रुन्छे एकपल्ट झ्याल खोलेर किरणको घरतिर हेर्छे किरणको कोठाको बत्ति निभिसकेको हुन्छ घरको पछाडीपट्टि बाधेर राखेका बाख्राहरु कराको आवाज मात्र सुन्छ चिट पट्याएर सिरानीमुनि राख्छे अनि थकित सरिर लिएर निन्द्रासंग सम्झौता गर्छे उषा । एस एल सी को पहिलो दिन, हिसाब नै परेको थियो, एसएलसी को परिक्षा केन्द्र फुस्रेको मा.बि पुगेर परिक्षा दिन थालिन् उषाले । क्रमस हुँदै सबै बिषयको परिक्क्षा सकियो माघ महिनाको अन्त्यतिर परिक्षा सक्यो घरबाट उषाको बाबा लिन आयो र उषा आफ्नो किरणलाई छाडेर चिठीमा भेट्ने बाचा गर्दै बाटो लागिन् । उषा हिडेपछि किरणलाई पनि धरान बस्न मन लागेन तेसैले ब्रुनाईमा रहेको बाबा आमालाई भनेर ईन्जिनियर पढ्न राजधानीतिर लाग्यो ।
केहि महिना पछि रिजल्ट आयो उषा पहिलो श्रेणीमा पास भईन् रिजल्ट हेरेर किरणले एक्सप्रेस डेलिभरीबाट चिट्ठी लेखेर पठायो ! उषाले पनि तुरुन्त पाएर जवाफमा आफ्नो खुसि किरणलाई सेयर गर्दै भन्यो यसको श्रेय सब हजुरलाई जान्छ किरण जी ……आई लभ यु उनीहरुको प्रेममा आई लभ युको सब्द पहिलो पल्ट प्रयोग भो त्यो पनि उषाबाटै । एकदिन उषा बार्दलीमा प्रकाश कोबितको उपन्यास अर्को जन्म पढ्दै बसिरहेकी बेला, बहिनि छेउमा आएर साउती गरि दिदि तलाई माग्न मान्छे आका छन् घरमा ! के रे ? उषा खंग्रग हुन्छे, उनको सरिर लाल्याक्क लुलुक्क हुन्छ आफु बसेको बरण्डाको सिलिङ्ग नै झरेर टाउको माथि बज्रिए झैँ लाग्छ । ऊ बेस्सरी डराउछ उसलाई माग्न आउने कहाका होलान् ? सोचेर भन्छे कान्छी सुन्न न त्यो मान्छेहरु कहाका रे तँलाई थाहा छ ? बहिनि भन्छे मलाई के थाहा आफै तल गएर हेर्न न ? उषा अन्योलमा पर्छे उसले किरणलाई त भनेको थियो हाम्रो पढाई नसकी बिहे नगर्ने भनेर ! माथितलाको पुर्बतिरको झ्याल खोलेर सुन्यो आँगनमा बसेका सबैलाई प्रस्ट देख्यो ित्यहा किरणको दाई र बाबा संग अन्य केहि मान्छे थिए अनि बल्ल निधारबाट बग्दै गरेको पसिना पुछ्यो । लामो सास तान्यो अनि ओछ्यानमा पल्टियो, खुशीले हातको किताब किरणलाई अँगालो हालेर चुमेझैँ गरि चुम्यो माया गर्यो …….मुखबाट यति सब्द फुत्कायो बदमास …..माग्न मान्छे पठाउदा पनि खबर नगर्ने ? पख न भेटेको दिन म के गर्छु ? यति हुँदा हुँदै पनि बिहे पछि पढ्न नपाउने पो हो कि भनेर चिन्तित बन्यो, तलबाट आमा करायो उषा …ए उषा ? तल आईज ? हजुर आमा आएँ ! उषा तल झर्यो, उषालाई केहि कुरो सोधियो अनि कुरो छिनियो, उषाले अझै सम्म किरणसंगै कुरो छिनियो भन्ने सोचिरहेको थियो । तर जब कुरो छिनिए पछि गरिने ढोगभेटको लागि बेहुला बोलाईयो तेस्पछि ऊ तर्सियो । ऊ संग कुरो छिनिएको बेहुला किरण नभएर किरणकै बडा बाबुको छोरा दाई थियो । उषा छक्क पर्यो बेहोसिमै कता कता ढोग्न लागाईयो उतै उतै निहुरिरह्यो । उसलाई केहि थाहा हुन छाड्यो यो के भैरहेको छ उसको साथ उसले एक बचन आमा बाबालाई भन्न पाएन र आमा बाबाले पनि सोधेनन उषाले के चाहान्छिन् ? हाम्रो समाजमा माग्न आएको कुटुम्बलाई खाली हात पिÞmर्काउन हुन् भन्ने संस्कारको बाछिटाले उषालाई पनि सोहोरेरै लाग्यो । केहि दिनमा धुमधामले बिहे भयो ।
उषाले आफ्नो आमा बाबालाई बेईजत र निराश गर्न चाहिन, उहाहरुको मन्जुरीमा आफ्नो प्रेमलाई बलिदान दिएर अघि बढ्या । अब ऊनी किरणको भाउजु भईन् । यसरी उनीहरुको प्रेमले अर्कै मोड लिंदै २०४८ सालमा उषाको बिहेपछि ती सुन्दर जोडी अर्कै अर्कै दिशातिर फर्किएर जिउन थाले । उषाले सृष्टिको नियम पालना गर्दै अघि बढ्दा एक बर्ष पछि छोरी जन्मियो घरमा खुशी छायो । उषाको श्रीमान नेपाली सेनाको क्याप्टेन थियो ! उनि पनि राजधानीमा एउटा अंग्रेजी स्कुलमा सिक्क्षिकाको जागिर गर्दै पढाईलाई निरन्तरता दिंदै थिई, छोरी हुर्किंदै गएपछि जिम्मेवारी पनि बढ्न थाल्यो । एकै परिवार काका बडाको छोराहरु भएकोले उषाको बेला बेला किरणसँग हल्का भेटघाट भैरहन्थ्यो । किरण बुझकी भएकोले कुनै गुनासो पनि पोखेन उषालाई, बिहेपछि पहिलो दिन भेट्दा यति भन्यो ठिकै छ लाटी …..चिन्ता नगर हाम्रो जोडी सायद दैबलाई नै मञ्जुर थिएन जे भएपनि तिमी मेरो परिवारमै आयौ भाउजु भयौ ! म प्राथना गर्छु अर्को जन्म तिमी मलाई देवोस ईस्वरले । त्यो सुनेर उषा धेरै रुएकि थिइन् आँगनमा बसेर जुनेली रातमा ! बिस्तारै किरणको यादहरु ऊबाट भाग्दै गए ,,,, उषा कर्तप्यको अघि झुक्दै गईन् । घर राम्रै थियो सेनाको जागिरे कहिले कहाँ कहिले कहाँ सरुवा भईरहेंथ्यो । सानो परिवार खुशी थिए उनीहरु छोरी स्कुल जान थालेको थियो एकदिन अचानक रातको ३ बजे तिर हेड अफिस काठमन्डुबाट फोन आयो, रिसिभ गर्दै उषाले हेल्लो भनि । उताबाट बोल्दै थियो मेडम तपाईलाइ तुरुन्त बोलाईएको छ हजुरलाई लिन हेली आउछ हजुर तयार बस्नु होला साब बिमारी हुनु हुन्छ, फोन काटियो । शनिबार भएकोले छोरीलाई साथीको जिम्मा लाएर उषा नेपालगंजबाट हेलिमा राजधानी उडिन् ।
हेली काठमान्डू पुगेर लेण्ड भयो त्यहाँ अघि नै आर्मीको गाडी आएर बसेको थियो उषालाई चढाईयो, गाडी हुईकियो किर्तिपुर ब्यारेकतिर, गाडी चलाउनेलाई सामान्य केहि कुरो सोध्यो उषाले तर केहि थाहा नभएको कुरो गर्यो ! उषाको मुटु जोर जोरले हल्लिन थाल्यो, आफ्नो मुटु उफ्रेर बाटोमा पछारिएको र त्यहि माथि गाडी गुडेको छ किन कि जस्तै गरेर मुटु दुख्न थाल्यो । कारण रेडियोमा समाचार आईरहेको थियो ! उषालाई हेर्दै ड्राईभरले रेडियो बन्द गर्न खोज्दै थियो तर उषाले बन्द गर्न दिईन् ! मर्ने हरुको नाम लिस्टमा पहिले नै उषाको श्रीमानको नाम थियो, भन्यो रोल्पा देखि नेपालगन्ज आउदै गर्दा मावोबादीको एम्बुसमापरि मृत्यु हुने आर्मी र प्रहरीको संख्या र नामावली ……यति सुन्दा सुन्दै उषा बिहोस भईन ! बिउझदा उनि हस्पिटलको बेडमा थिईन् …………..सबै भन्दै थिए हिम्मत राख्नुस बहिनि आफुलाई बलियो बनाउनुस ! उषाले आँखाबाट बलिन्द्र धारा आँशु बगाउदै भनिन् हजुर, मैले बनाए आफुलाई बलियो संसारले चाहेको जस्तै मेरो आमा बाबाले चाहेको जस्तै ,,, किनकी आब बाँकी जिन्दगि कोरा कागज भयो तर साथमा छोरी छे ,,, उनको यस्तो हिम्मतिलो कुरो सुनेर सबैले आँशु पुछे, सान्त्वना दिनेहरु चुपचाप भए ! केहिछिनमा खबर सुनेर किरण पनि आईपुग्यो किरणलाई देखेपछि बल्ल भक्कानो छाडेर उषा रुन थालिन् ।
समाप्त
ताप्लेजुङ्ग हाल- बेलायत