बजेट भाषण : सरकारले पेट्रोल-डिजेलमा थप्यो कर, थप महंगिने

129

जेठ १५,
काठमाडौँ । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने घोषणा गरेको हो । यसबाट जम्मा हुने रक अब सडक सुधारमा खर्च गरिनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमा यस्तो घोषणा गरेको हो ।