बजेट भाषण : मेलम्ची आयोजनालाई ७ अर्ब ३९ करोड

66

जेठ १५,
काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न ७ अर्ब ३९ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत बहुचर्चित मेलम्ची खानेपानी योजना सम्पन्न गर्न उक्त रकम छुट्याएको हो । त्यस्तै सरकारले मेलम्ची खानेपानी आयोजना आगामी वर्षभित्र सम्पन्न गर्ने बजेटमार्फत प्रतिबद्धता जनाएको हो ।