”पढाईमा मात्रै होइन अन्य क्रियाकलापमापनि विद्यार्थीलाई उत्कृष्ट बनाउन सक्रिए छौं”

140

रोम्बस सेकेन्डरी स्कूल स्पापना भएको एक दशक भयो । उक्त अवसरमा हामीले विद्यालयका संस्थापक अध्यक्ष सरिता कोजूसँग दशौँ वार्षिकोत्सवको अवसरमा केही कुराकानी गरेका छौं, कोजु रोम्बस स्कूलका संस्थापक अध्यक्ष हुनुहुन्छ । स्नातक तह सम्मको अध्ययन गर्नुभएकी सरिता कोजूसँग २० वर्षको शिक्षण अनुभव छ । हाल भने विद्यालय प्रशासनमा सञ्चालन तथा व्यवस्थापनमा सक्रिय हुनुहुन्छ ।

नमस्कार, सन्चै हुनुहुन्छ ?
– नमस्कार, हजुर । स्वास्थ्य अलि प्रतिकुल छ । दशौँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको तयारीका लागि खट्एिका अलि सन्चो छैन् ।

 रोम्बस सेकेन्डरी स्कूलको एक दशक कस्तो रह्यो ?
– उत्कृष्ट रह्यो । सम्झना, सपना र संघर्षको निरन्तर यात्राको रुपमा बुझेको छु । धेरै दुःख पनि गरियो र दुःख पछिको सुख पनि प्राप्त गरेको छु भन्ने लागेको छ ।

विद्यालयको आजको अवस्था के हो ?
– विद्यालयले आजको दिन आइपुग्दा शिक्षाको क्षेत्रमा आफ्नो नाम, पहिचान र परिचय बनाएको छ भनी बुझेको छु । अहिले हामीले प्रि. स्कूल देखि कक्षा १० सम्म सञ्चालन गरिरहेका छौँ । कक्षा ११ र १२ सम्म सञ्चालन गर्ने अभ्यास र अनुभव पनि बटुलेका छौँ । अबको वर्षदेखि कक्षा ११ मा भर्ना लिनेछौँ ।

यो विद्यालय कस्तो विद्यार्थीकालागि हो ?
– हाम्रो विद्यालय निम्न मध्यम वर्गको लागि लक्षित छ । त्यसो त, यस विद्यालयले एउटा पूर्ण विद्यालय बन्नका लागि आवश्यक पूर्वाधार बनाउने काम जारी राखेको छ । जिल्लाका सबै पालिकामा यातायात सेवा, कम्प्युटर ल्याव, साइन्स ल्याव, संगित कक्षा, स्काउट कक्षा, अन्तर्राष्ट्रिय भाषा कक्षा सञ्चालन गरिरहेका छौँ ।
यसका अतिरिक्त खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर प्रशिक्षण चलाइरहेका छौँ ।

विद्यालयको स्थायित्वका आधार के कस्तो बनाउनुभएको छ ?
– विद्यालयको स्थायित्वका आधार त हामी संस्थापक र सञ्चालकहरू नै हौँ नि । हामी दुवैजना उउटै पेशाका छौँ । हाम्रो दोस्रो पेशा र व्यवसाय छैन । सुरु र अन्त यही नै हो । हाम्रो प्रिन्सिपल सरको सपना, सङ्घर्ष र सफलता विद्यालय क्षेत्रमा नै छ । फेरि पनि हामीले विद्यालयको लागि जग्गा खरिद गरेका छौँ ।
विद्यालयकै आफ्नै भवन र टहराहरू निर्माण गरेका छौँ । थप भवन निर्माण पनि योजनामा छ । हाम्रो समर्पण र त्याग तथा अविश्रान्त यात्रा शिक्षा क्षेत्रमै छ ।

 शिक्षकहरूको बारेमा के भन्न चाहनुहुन्छ ?
– शिक्षकहरू मिहिनेती हुनुहुन्छ । अनुशासित हुुनुहुन्छ । चरित्रवान हुनुहुन्छ । जुन असल शिक्षकका लागि अनिवार्य जस्तो लाग्छ । यसका अलावा, शिक्षकहरू योग्यता प्राप्त अनुभवी र क्षमतावान हुनुहुन्छ । हाम्रा शिक्षकहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रशिक्षकहरूद्वारा प्रशिक्षित हुनुहुन्छ ।

 यो विद्यालय कहिले स्थापना भएको थियो ? विद्यालय स्थापनाको पृष्ठभूमि बताइदिनुहोस् ।
– रोम्बस स्कूल २०७० साल चैत्र २३ गते उद्घाटन गरिएको भए तापनि फागनु ७ गते नै यसको स्थापना भएको थियो । २०७१ साल वैशाख २ गतेदेखि कक्षा सुरु भएको थियो । यो भन्दा अगाडि पनि हामी दुवै जना अर्को एउटा विद्यालयमा संलग्न थियौँ । हाम्रै पहल, मिहिनेत र दुःखले राम्रो बनायौँ । तर, ‘काम गर्ने कालु – मकै खाने भालु’ जस्तो गरेपछि विद्रोह गरेर यो विद्यालय बनाएका हौँ ।

 कस्तो अनुभव भइरहेको छ ?
– एकदम खुसी छु र ठीक गरेको छु भन्ने लागिरहेको छ । सत्यको विजय हुन्छ । पाप गरेको छैन र चेतन मनको विरुद्ध व्यक्त हुने सबै आरोपहरू खारेज हुँदै जान्छ । हामीले नैतिक विजय प्राप्त गरेका छौँ भन्ने महसुस भइरहेको छ ।

विद्यालयको आर्थिकस्थिति कस्तो छ ?
– राम्रै चलेको छ । प्राप्त नाफा विद्यालयकै लागि प्रयोग गरेका छौँ । नयाँ कार्यक्रम र योजना बन्दै जाँदा कहिलेकाहीँ अभाव झेल्ने गरेको छु । तर अभिभावक र शुभेच्छुकहरूले सहयोग र विश्वास गरेका कारण चुप लागेर बसेका छैनौँ ।
थाक्ने छुट र रोकिने छुट समयले हामीलाई दिएको छैन । हाम्रै नेतृत्व पछि अर्को दोस्रो पुस्ताका नेतृत्व तयार हुँदै छ । हाम्रो जोश, जाँगर कायम छ । अगाडि बढ्ने छौँ ।

 यो विद्यालयको आगामी योजना के के छन् ?
– आगामी योजना
– अबको २ वर्षभित्र विद्यालयको लागि थप १ भवन बनाउने ।
– विद्यालयको खेलकुद विकासका लागि बहुउद्देश्यीय फुटसल ग्राउण्ड बनाउने ।
– विद्यालयको Pre-School को लागि व्यवस्थित Kinderworldबनाउने ।

धन्यवाद !