दिपक र दिपाको ‘छ माया छपक्कै’को छायांकन सुरु

76

जेठ ९,
काठमाडौँ । दिपकराज गिरी र दिपाश्री निरौलाको फिल्म ‘छ माया छपक्कै’को छायांकन सुरु भएको छ । आज बिहिबार देखि फिल्म युनिटले छायांकन सुरु गरेका हुन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको छ । फिल्मका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल मार्फत छांयानकन सुरु गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले आज देखि छ माया छपक्कैको छायांकन सुरु गरेका छौं । सबैलाई धन्यवाद १’ दिपेन्द्र लामाले निर्देशन गर्न लागेको फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे लगायत कलाकारको अभिनय रहने छ । यो फिल्ममा केकी र दिपक जोडीको रुपमा प्रस्तुत हुँदैछन् । फिल्ममा ४० वर्ष उमेर अन्तरालको प्रेम कथा देखाइने छ ।