‘साथीकी प्रेमिकासँग सुतिसकेको छु’

389

मंसीर ६
बलिउडलाइफ डट कम
रणबीर कपुरकी प्रेमिकाको सूची कती लामो छ, यो कुरा तपाईं हामी धेरैलाई थाहा होला । आफ्नो पहिलो फिल्मदेखि रणबीर महिलाको हकमा निकै अघि बढिरहेका छन् । सबैलाई थाहा छ, सोनम कपुरदेखि नर्गिस फखरीसम्म र कट्रिना कैफदेखि दीपिका पादुकोणसम्म मिस्टर कपूर सबैसँग प्रेम सम्बन्धमा बसिसकेका छन् । जहाँसम्म हामीलाई थाहा छ कि रणबीर कपुरकी अन्तिम प्रेमिका कट्रिना कैफ थिइन् र त्यसपछि उनी एक्लो जीवन बिताउँदै आएका छन् तर एक्लो हुँदा हुँदै पनि रणबीरले यस्तो खुलासा गरेका छन् कि जसबारे थाहा पाउँदा अचम्मित हुनुहुन्छ तपाईं । केही दिन अघि रणबीर कपुरले करण जोहरको विवादित कार्यक्रम ‘कफी विद करण’ को सुटिङ गरेका छन् । यो कार्यक्रममा उनी रणबीर सिंहसँग देखिनेछन् ।
ranbir अब यो कुरा त स्पष्ट नै छ कि करण जोहरले आफ्ना पाहुनालाई केही न केही यस्ता प्रश्न सोध्छन् जसले विवाद निम्त्याएकै हुन्छ । उनको कार्यक्रममा आएका रणबीर कपुरलाई पनि यस्तो प्रश्न सोधेका छन् जसले सबैलाई चकित बनाइदिएको छ । करणले रणबीरलाई आफ्नी साथीको प्रेमिकासँग सुतेको छौं भन्ने प्रश्न सोधेका थिए । यदि उनको उत्तर सकारात्मक भए उनले अर्जुन कपुरको गालामा चुम्बन गर्नु पर्दथ्यो । सबैलाई चकित बनाउँदै रणबीर कपुरले अर्जुनको गालामा चुम्बन गरेर आफू साथीकी प्रमिकासँग सुतिसकेको स्विकारोक्ति गरेका छन् ।