बुद्ध दर्शनले फेरीएको जीवन

जेठ ३,
काठमाडौँ । भन्निछ मानिसको जीवन संघर्षमय हुन्छ । जीवनमा अनेक उताव चढाव आइरहन्छन् तर खास समयमा एउटा मान्छेको जीवनमा आमुल परिवर्तन पनि भैदिन्छ । मानिसको सोचमा हुने परिवर्तनलाई व्यवहारमा परिणत गर्दा जीवन यात्रा नै बदलिन्छ । यस्तै एउटा प्रतिनिधि पात्र हुन् सांङयो योञ्जन । साविक दोलखा भेड्खु–८ हाल मेलुङ–४का योञ्जनको संघर्षमय जीवन र सफलताका शुत्र जो कोहीलाई पनि प्रेरणाको श्रोत हुन सक्दछ । उनै योञ्जन संग नयाँ नेपाल न्यूजले लिएको अन्तर्वातामा आधारित सम्पादीत जीवन यात्रा ।

वाल्यकाल र भविष्यको चिन्ता
हिमाली जिल्ला दोलखाको दुर्गम बस्ती भेड्खुमा २०३१ साल भदौं ५ गते पीता दावा लामा र माता लाल कुमारी लामाको कोखबाट काइला सुपुत्रको रुपमा उनको जन्म भयो । उतिबेलाको समय लेकको बस्ती आफ्नै बारीमा भएको उत्पादनले तीन महिना पनि खान मुस्किल हुने । त्यस माथी चामल त देख्नै मुस्किल थियो । बारीमा उत्पादन हुने मकै, आलु, कोदोले नै उनको परिवारको जिवीका चल्दै आएको थियो । ७ जनाको परिवारलाई दैनिक गुजरा गर्न कठिन हुदाँ उनलाई लाग्थ्यो सुखको दिन कहिले आउला ?

उनका दाजुहरु तीन जना उमेर पुगेपछि तेतिबेलाको शाही नेपाली सेना (हालः नेपाली सेना)मा भर्ति हुन शहर पसे । त्यसपछि उनका पीता र मातालाई निकै सकशपुर्ण अवस्था आईलाग्यो । घरका हुर्के बढेका पाखुरीमा बल भरिएका छोराहरु शहर पस्ने अनी साना दुई भाई छोरा आफुसंग । बारी बाझैं हुनेभो भन्ने चिन्ताले माता पीतालाई सताएको देखेपछि उनले गाउँमै बस्ने निधो गरे । घरको अभाव र दुःख, विरामी आमाका कारणले पढाई साचे जस्तो भएन् । त्यसमाथी गाउँघरमा हुने झै झगड्मा उनका पीता अग्रसर हुने गर्दथे । उनको बाल मतिष्कमा त्यो कुराले निकै नराम्रो लाग्थ्यो । तर उनी चाहेर पनि त्यो कुरा रोक्न सक्दैनथे ।

औपचारिक शिक्षा
स्थानीय जुके प्रा.वि. बाट प्राराम्भिक शिक्षा हासिल गरे पछि छिमेकी मेलुङ गा.वि.समा रहेको त्रिभुवन मा.वि. ( जुन विद्यालय २००७ सालमा स्थापना भएको पुरानो विद्यालय हो )मा निमावी तहको अध्यन पुरा गरे । घरको कम्जोर आर्थिक अवस्था र दीर्घ रोगी आमाका कारण पढाई अगाडी बढ्न सकेन । काठमाडौँमा प्रवेश पछि २०५६ सालमा प्राइभेट एस.एल.सी को उत्तिण नै उनको औपचरीक शिक्षा कायम रहयो । तर उनी सँग कुनै पनि विषयमा पिएचडी गरेको व्यक्तिमा भन्दा बढी ज्ञान सम्बन्धित विषयमा रहेको देखिन्छ । व्यवहारिक ज्ञानले नै मानिसलाई सफलताको शिखरमा पुर्याउछ भन्ने नमुना साङयो योञ्जन हुन् ।

आर्मी बन्ने रहर
२०५१ साल तिर उनमा शहर पस्ने रहर जाग्यो । शहर त जाने तर के निहुँ पारेर घरबाट निस्कने उनी सोच्दै थिए । दाजुहरु सेनामा आफुलाई पनि सेना हुने रहर । त्यसपछि एकदिन साझँमा उनले अगेनो छेउ बसेर बा लाई भने ‘आर्मीमा भर्ना खुलेको छ रे मपनि शहर जान्छु’, । उनले तेति भनि सक्दा नसक्दै आमा र बा कराउन थाले ‘खेतिपाती छोडेर त्यहा किन जानु’ । तर उनले जसरी पनि जाने भनेपछि बा खल्तीबाट ५ सय रुपैयाँ झिकेर फ्याकिदिए । गाउँमै रहदा न्यूनस्तरको जीवन बिताउनु पर्दा उनलाई हिन्तावोधका साथै यहाँ वाट कसरी मुक्त हुने भन्ने चिन्ता लागिरहन्थो। दाजुहरु आर्मी मै रहेकाले उनलाई पनि शुरुमा त्यतै तर्फ आर्कषित गर्यो ।

भेड्खुबाट तामाकोशी किनार हुदै उनी गाडीबाट काठमाडौं आए । जेठो दाई सेनाको क्वाटर स्वयम्भूमा बस्ने भएकाले उनी उतै गए । टुडिखेलको चौरमा सेनामा जागिर खाने केटाहरुको हुल थियो । कोही कुद्दै थिए । उनी पनि सामेल भए । दौडमा पास भए । तर अर्को दिन, उनमा फेरि घरको सम्झनाले पिरल्यो । गाउँमा नै फकिए । उनलाई जिन्दगीमा केही गर्नु पर्छ भन्ने सधै लाग्थ्यो । तर कता कता के मिलिरहेको थिएन् ।

जागिर जीवन र सिकाई
जागिरको शुरुवात मासिक ५ सय रुपैयामा इन्द्रेणी रेष्टुरेन्टमा किचेनको कामवाट भयो । जहा विहान ६ वजे देखि वेलुका १० वजे सम्म खट्नु पर्ने । ४ महिना पछि हेल्परमा प्रमोसन भए । ६ महिना सम्म त्यहाँ काम गरे पछि ८ सय रुपैयामा ज्याठामा काम गरे त्यहाँ काम गर्दा गर्दै १४ सयको  अफर आयो र वतिसपुतलीमा पुगे । त्यस पछि गैडाकोट र बागबजारमा मासिक ३ हजारमा काम गरे । वागवजारमा खत्री फास्टफुडमा काम गर्दा सम्म  उनि त्यति वेलाको चलनचल्तीको राम्रै सेफ कुकमा परिचित थिए । राम्रा सवै खालका रेष्टुरेन्टमा गएर खानाको स्वाद चाख्ने, मसलाहरुको अध्ययन अनुसन्धान र खानालाई कसरी स्वादिष्ट वनाउन सकिन्छ भन्नेमा उनले फुर्सदको समयलाई सदुपयोग गरे । खोज अनुसन्धान र सिकाइ लाई निरन्तरता दिए ।

तानवपुर्ण काठमाडौँको वसाई र आमाको देहवसान
स्थायी काम नहुने, समय–समयमा वेरोजगार भै रहने, त्यही वेला रोगी आमाको उचार गर्नु पर्ने त अर्को तर्फ साना छोरा–छोरीको स्कुल फी तिर्न पर्ने निकै तनाव हुने । उनि भन्छन् “कुनै दिन बाटोमा १० रुपैया भेट्दा पनि निकै राहत मिल्ने समय थियो त्यो ।” त्यही वेला दीर्घरागी आमाको पनि देहवसान भयो ।

वौद्ध धर्मले परिवर्तन
कामको सिलसिलमा स्वयम्भू क्षेत्रमा वस्दा, स्वयम्भु घुम्ने, प्रार्थना गर्ने, राम्रो काम र उचित पारिश्रमको काममा गर्ने गर्दथे यसरी दैनिक ध्यान र भक्तिले सकारात्मक परिवर्तन हुन थाल्यो । एक पछि अर्को फड्को मार्न थाले । गरेको काम सफल हुदै एक सफल व्यवसायी वने ।

तिब्वत तथा चाइनाको वसाँई र व्यवसायीक सोचको विकास
छ सात वर्षको काठमाडौँ बसाई पछि उनि खासा तर्फ लागे, त्यहाँ एक होटलको म्यानेजर भएर काम गरे । त्यस पछि लासा हुदै चाईनाको सिचुवा सम्म पुगे । त्यहाँ वस्दा उनले चाइनीज खानाका परिकारहरुलाई नेपालमा व्यवसायीक रुपमा दिने अठोत सहित नेपाल फर्किए ।

एस.चाइनिज किचेनको स्थापना
२०६१ मा नेपाल फर्किए पछि अहिले सम्मको सिप र अनुभवलाई आफनै व्यवसायमा परिणत गर्ने निधो गरे । सिन्कामा उनेर खाने खाना स्टिक फुड जसलाई चाईनामा स्टेट फुड (बाटोमा हिड्दै खाने खानाको रुपमा चिनिदो रहेछ ) त्यसको व्यवतसाय हुरु गरे । स्टिक फुडलाई नेपालमा व्यवसायक रुपमा शुरु गर्ने पहिलो गर्ने पहिलो व्यक्ति नै साङयो योञ्जन हुन् । यसबाट उनि मात्र सन्तुष्टी छैनन् उनि संग संगत गर्ने सवैको प्रगति भएको छ । हाल न्यरोड खिच्चा पोखरीमा रहेको एस.चाइनजि किचेनलाई व्राण्डिङ गरेर भविष्यमा देशव्यापी शाखा विस्तार गर्ने उनको योजना छ ।