Home समाचार स्थानीयको अवरोध पछि रोकियो धरहरा निर्माणको काम

स्थानीयको अवरोध पछि रोकियो धरहरा निर्माणको काम

0

जेठ ३,
काठमाडौँ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको बताइएको छ । करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले पैदल मार्ग खुलाउन माग गर्दै अवरोध गरेपछि प्रभावित भएको छ ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवतजावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाब दिँदै आएका छन् । यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँग छलफल भइरहेको र उक्त विषयमा सक्दो छिटो सम्बन्धमा आवश्यक निर्णय हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here