Friday, October 2, 2026
Home सूचना प्रविधि भारतमा पानीबाट चल्ने इन्जिनको विकास

भारतमा पानीबाट चल्ने इन्जिनको विकास

91

जेठ २,एजेन्सी,
कोयंबटुर भारतको तमिलनाडु राज्यको कोयंबटुरका मेकानिकल इन्जिनियर एक कुमारास्वामीले डिस्टिल्ड वाटरबाट चल्न इन्जिन विकास गरेका छन् । योे पर्यावरण मैत्री इन्जिनले अक्सिजन निकाल्ट र इन्धनका रुपमा पानीमा निहित हाइड्रोजनको प्रयोग गर्छ । उक्त इन्जिनलाई चाँदै जापानमा लन्च गर्ने उनले जानकारी दिएका छन् ।

उक्त इन्जिन विकास गर्न १० बर्ष लागेको एस कुमारस्वामीले बताए । उनले त्यसरी काम गर्ने उक्त इन्जिन पहिलो भएको उल्लेख गर्दै त्यसलाई छिट्टै जापानमा प्रस्तुत गर्ने जानकारी दिए । उनले भने– मेरो सपना थियो , म यो इन्जिनको सबैभन्दा पहिला भारतका जनता सामु प्रस्तुत गरुँ । तर आप्mनै देशमा मलाई सकारात्मक जवाफ आएन । त्यसैले मैले जापान सरकारसँग सम्पर्क गरेको छु । मलाई उनीहरुले अवसर प्रदान गरेको छ ।