पाँचतारे होटेल सोल्टीद्वारा कर्मचारी माग

286

काठमाडौँ । पाँचतारे होटेल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ ।

कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ पदमा समेत आवेदन मागेको छ । सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र २ देखि ४ वर्षको अनुभव हुनुपर्ने गरी कम्पनीले सर्त तोकेको छ ।

कम्पनीले आइटी एक्जुकेटिभर अफिसर पदमा समेत आवेदन मागेको छ । सम्बन्धित फिल्डमा ग्राजुयट गरेको र अधिकतम २ वर्षसम्मको अनुभव भएकाले यस पदमा आवेदन दिन सक्ने भएका छन् ।

कम्पनीले हाउसकिपिङ एक्जुकेटिभमा समेत आवेदन मागेको छ । कम्पनीका अनुसार सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको र ४ वा ५ तारे होटलमा ३ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले उल्लेख गरेको छ । २४ मार्चसम्म ‘एचआरएटसोल्टीडटकम’मा आफ्नो सीभी इमेल गरी आवेदन दिन सकिने होटेलले जनाएको छ ।